Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकुलगंगा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षमा क–कसले गराए उम्मेदवारी दर्ता (नामसहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 19.2K
    SHARES

©नेत्र बहादुर कार्की । 


 काठमाडाैँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गोकुलगंगा गाउँपालिकामा अध्यक्ष-उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहित ३२ पदको लागि एक सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकाको अध्यक्षको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाका उम्मेदवारहरुले मनोनय दर्ता गराएका छन् ।

गोकुलगंगा गाउँपालिकाकाको अध्यक्षमा एमालेबाट अध्यक्षमा पुनः खड्गबहादुर सुनुवार र उपाध्यक्षमा राधिका नेवार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा एमालेबाट सुनुवार र श्रेष्ठ निर्वाचित भएका थिए । पाँच बर्षे कामको मुल्याकंन गर्दै एमालेले पुनः दुवै जनालाई उम्मेदवार बनाएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका काजी बहादुर खड्का ( दिनेश ), उपाध्यक्षको उम्मेदवार उषा वस्नेत कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट रुद्र प्रसाद फुयाल, नेकपा माओवादी केन्द्रबाट विष्णु बहादुर कार्की, र राप्रपाबाट तुलसीलाल नेवारले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन भने राप्रपाबाट उर्मिला श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४