Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिक विश्रामको घोषणा गरेका खड्कालाई मेयरको टिकट !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ११ २०७९
  • 6.3K
    SHARES

काठमाडौं । नेकपा एमालेले दाङका दुई महत्वपूर्ण उपमहानगरपालिकामध्ये तुलसीपुरको मेयरको उम्मेदवार टीकाराम खड्कालाई तोकेको छ ।

यसअघिका मेयर घनश्याम पाण्डेले दोहोरिने चाहना नराखेपछि खड्काले मेयरको टिकट पाएका हुन् । तुलसीपुरमा एमालेले पुरानै जित दोहोर्‍याएमा खड्काले आगामी पाँच बर्षसम्म उपमहानगर हाँक्ने छन् । तर, खड्का उनै हुन्, जसले गत पुसमा एमालेको सांगठानिक जिम्मेवारीबाट विश्रामको घोषणा गरेका थिए ।

तत्कालीन एमालेमा माधव नेपाल समूहमा रहेका खड्का दाङको जिल्ला अध्यक्ष पनि थिए । नेपालले नयाँ पार्टी बनाउँदा एमालेमै बसेका खड्काले एमाले दाङको १३ औं जिल्लाको अधिवेशन सकिनासाथ खड्काले विश्राम लिने घोषणा गरेका थिए ।

उनी अध्यक्षमा दाहोरिन चाहन्थे । तर दाङका नेता समेत रहेका पार्टी महासचिव शंकर पोखरेलले साथ दिने संकेत नदिएपछि उनी असन्तुष्ट बनेका थिए । आराम गर्ने अवसर प्राप्त भएको भन्दै २४ पुसमा सामाजिक सञ्जाल फेसबुकमै लेखेका थिए, सांगठानिक जिम्मेवारीबाट बिश्राम लिने मनस्थितिमा छु ।’

एमाले दाङका नेताहरुका अनुसार खड्का केही समय पार्टी गतिविधिमा निष्क्रिय जस्तै भएका थिए । तर पार्टी नेतृत्वसँग सम्वाद भएपछि एमालेमा सक्रिय भएका उनलाई लुम्बिनी प्रदेशको सचिवालय सदस्यको जिम्मेवारी समेत दिइएको थियो । उनले २५ माघमा आफू राजनीतिमा सक्रिय रहेको भन्दै फेसबुकमा लेखेका थिए, विश्राम भनेको न सन्यास हो, न पलायन हो । या त विश्रामको अर्थ न निष्क्रियता नै हो । म राजनीतिक प्राणी हुँ । मेरो चाहना समाजको सेवामा निरन्तर सक्रियता रहने इच्छा छ । सदासर्वदा रहिरहेछु ।’

तिनै खड्काले अहिले मेयरको टिकट पाएका छन् । एमाले नेताहरुका अनुसार खड्काको राजनीतिक सक्रियताको इतिहास लामो छ । २०४१ सालमा तत्कालीन पार्टी मालेको भातृ संगठन अखिल नेपाल किसान संघबाट राजनीति सुरु गरेका उनी २०४२ सालमा अनेरास्ववियुतिर सक्रिय भए ।

२०४४ सालमा केही समय जेलसमेत गए । २०४६ सालको जनआन्दोलन सफल भएपछि खड्का २०४७ वैशाख ९ गते मालेको रोल्पा जिल्ला कमिटी उपसचिव भए ।

२०४८ साल एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवासंघको पहिलो महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । त्यसपछि उनले संगठनमा रोल्पाकै जिम्मेवारी पाए । खड्का २०४९ सालदेखि २०५७ रोल्पा जिल्ला सेक्रेटरी रहे ।

उनले २०७२ देखि २०७८ सम्म एमालेको दाङ अध्यक्ष भएर काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४