Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“गोकुलगंगामा सुनुवार र श्रेष्ठ नै दोहोरिए”एमाले उम्मेदवार !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ११ २०७९
  • 8.7K
    SHARES

काठमाडौँ । नेकपा एमालेले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट रामेछापमा आठ वटै स्थानीय तहको प्रमुख-उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले गोकुलगंगा गाउँपालिकामा पूरानै अनुहारलाई नै दोहोराएको छ । एमाले स्रोतका अनुसार गोकुलगंगा गाउँपालिका प्रमुखमा खड्गबहादुर सुनुवार र उपप्रमुखमा राधिका श्रेष्ठ नेवारलाई नै दोहोराएको जानकारी एमाले स्रोतले जन प्रहारलाई बताएको हो ।

त्यस्तै मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठ र उपप्रमुखमा ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाको नगर प्रमुखमा रोशन पाख्रिन र उपप्रमुखमा सीता खत्री, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन र उपाध्यक्षमा रिता गौतम, दोरम्बा गाउँपालिकाको अध्यक्षमा टंक चौलागाई, खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाएको छ ।

एमालेले लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा कमल कडरिया र उपाध्यक्षमा दीपा पाख्रिन, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा शेरबहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्कीलाई उम्मेदवार बनाएको बताइएको छ ।

गोकुलगंगा गाउँपालिकामा सुनुवार र श्रेष्ठले अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेकाले दोहोराएको एमाले स्रोतले जन प्रहारलाई बताएको छ ।

सुनुवार र श्रेष्ठले अघिल्लो कार्यकालमा पालिकामा पूर्वाधार विकासको काममा उत्कृष्ट योगदान दिएको एमालेको दाबी रहेको छ । उनीहरुले शुरुवात गरेको पूर्वाधार विकासलाई पूर्णता दिनको लागि पनि उनीहरुलाई नै दोहोराउनु परेको एमालेले स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४