Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनका थप ५ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ११ २०७९
  • 7K
    SHARES

चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुंगो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुईवटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र उपमेयरमा कविता उप्रेती, रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक तथा कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा उम्मेदवार भएका छन् ।

खैरहनीका लालमणी चौधरी अहिले पनि नगरपालिकाको मेयर छन् । रत्ननगरको मेयरको उम्मेदवार बनेकी दुवाडी अहिले नगरपालिकाको उपमेयर छिन् ।

यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो चयन भएकी छन् । महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन् ।

एमालेले यसअघि नै भरतपुर महानगरको मेयरमा विजय सुवेदी र इच्छाकामना गाउँपालिको अध्यक्षमा दानबहादुर गुरुङलाई सर्वसम्मत उम्मेदवार बनाइसकेको छ ।

एमालेले इच्छाकामना गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार माया सिलवाललाई बनाएको छ । एमालेले राप्रपासँग तालमेल गर्ने भनेर भरतपुर महानगरपालिका र माडी नगरपालिकाको उपमेयरका उम्मेदवार चयन गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४