Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी सल्यानमा एक्लै चुनाव लड्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १० २०७९
  • 6.3K
    SHARES

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले सल्यानका सात स्थानीय तहमा मेयर र अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । माओवादी केन्द्रले जिल्लाका १० मध्ये सात स्थानीय तहमा प्रमुखका उम्मेदवार टुङ्गो लगाएको हो ।

सत्तारुढ गठबन्धनबीच तालमेलको टुङ्गो नलागेपछि माओवादी एक्लैले उम्मेदवार चयन गरेको हो । माओवादी केन्द्र सल्यानका संयोजक किर्तीबहादुर पुन अनुसार शारदा नगरपालिकाको प्रमुखमा प्रमोदकुमार श्रेष्ठ, बन्गाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी, कालिमाटी नगरपालिकामा पुरुषोत्तम भट्टराई, कपुरकोट नगरपालिकामा प्रकाश भण्डारी, त्रिवेणी नगरपालिकामा राजेन्द्र थापा, सिद्धकुमाख गाउँपालिकामा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकामा नीमबहादुर केसीको सर्वसम्मत रूपमा नाम सिफारिस गरिएको छ ।

अब बाग्चौर नगरपालिकामा, कुमाखमा र छत्रेश्वरी गाउँपालिकामा उम्मेदवार तय हुन बाँकी रहेको उनले बताए । ‘तालमेलको विषयमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग कुरा नमिलेपछि हामी एक्लैले उम्मेदवार छनोट गरेका हौँ’, पुनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४