Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस र एमाले दुबै हतियार उठाएर आएका हुन् : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ९ २०७९
  • 6.1K
    SHARES

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि कांग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको बताउनुभएको हो ।

अध्यक्ष ओलीले, ‘नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राणा शासन उल्ट्याउने नीतिका साथ स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टी पनि बल प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ स्थापना भएको थियो । २००७ सालमा कांग्रेसले हतियार उठाएको हो, हामीले पनि हतियार उठाएका हौँ सात सालमा,’ भन्नुभयो ।

तानाशाह व्यवस्थाका बेला स्थापना भएका पार्टीले तानाशाह व्यवस्था उल्ट्याउन हतियार उठाएको ओलीले बताउनुभयो ।

तर, तानाशाही नभएका बेला, शान्तिपूर्ण ढंगले संवैधानिक बाटोबाट परिवर्तन सम्भव भएका बेला हिंसाको बाटो अपनाइन्छ भने त्यो उग्रपन्थ हुने र यसले क्रान्तिलाई टाढा बगाउने अध्यक्ष ओलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४