Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लाग्दैछ सूर्य ग्रहण, ग्रहणकालमा के गर्ने ? के नगर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ८ २०७९
  • 7.9K
    SHARES

सूर्य ग्रहण एक यस्तो संयोग हो जो विज्ञानसहित धर्म र ज्योतिषसम्म अत्यन्त महत्वपुर्ण मानिन्छ । २०७९ को पहिलो सूर्य ग्रहण आउँदो १७ गते शनिबार लाग्नेछ । साथै यस दिन शनीचरी औंसी समेत परेको छ । जसका कारण यस ग्रहणको महत्व झन् बढेको छ ।

बैशाख १७ गते शनिबार लाग्ने सूर्यग्रहण आंशिक सूर्य ग्रहण हुनेछ । यसको सूतक काल मान्य हुने छैन । तर केहि सावधानी भने अपनाउनु पर्नेछ । अन्यथा जीवनमा असर पर्न सक्ने धार्मीक मान्यता छ । यो ग्रहण १७ गते मध्यरात्रि १२ : ३० बजे शुरू भएर बिहान ०४ बजेर २३ मिनेटसम्म रहनेछ । अर्थात यो ग्रहणकालमा नेपालमा रात रहने छ भने विदेशबाट मात्र यो ग्रहण देखिने छ ।

ग्रहणका क्रममा के गर्ने के नगर्ने ?

– खाना, पानी आदीमा तुलसीको पात नहाल्ने अर्थात ग्रहणको नकारात्मक असर नपरोस् ।

– घरको मन्दिर ढाकेर राख्ने ।

– ग्रहणको समय भगवानको आराधना गर्ने ।

– ग्रहण पश्चात नुहाउने र अनिवार्य दान गर्ने ।

– दान गर्दा सफाइ कर्मचारीलाई प्राथमिकता दिने ।

– ग्रहणकालमा नकारात्मक ऊर्जा बढ्ने भएकाले कुनै पनि शुभ कार्य नगर्ने ।

– ग्रहणकालमा सियोमा धागो नउन्ने ।

– सूर्य ग्रहणको अवधीभरी खाना नपकाउने साथै तरकारी काट्ने वा नचुड्ने ।

– विशेषगरी गर्भवती महिलाले चक्कू, कैँची जस्ता धारीला चीजको प्रयोग नगर्ने ।

– ग्रहणकालमा यात्रा गर्नबाट बच्ने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४