Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपमहानगरमा सहमति जुटाउन आज पनि सत्ता गठबन्धनको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ७ २०७९
  • 7.5K
    SHARES

काठमाडौँ । उपमहानगरपालिकाको भागबण्डालाई अन्तिम रूप दिन सत्ता गठबन्धनको बैठक आज पुनः बस्ने भएको छ । ६ महानगरमा मोटामोटी भागबण्डा मिलेपनि ११ उपमहानगरमा सहमति जुट्न सकेको छैन ।

मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले छलफल सकारात्मक रूपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताएका छन् ।

उनकाअनुसार महानगरको भागबण्डामा सैद्धान्तिक सहमति जुटिसकेको र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन बाँकी छ । ६ महानगरमध्ये काँग्रेसले ३ र बाँकी दलले एक एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ । आजको बैठकबाट यसलाई अन्तिम रूप दिइनेछ ।

उपमहानगरमा भने विवाद कायमै छ । गठबन्धन आबद्ध बैठकमा सहभागी एक नेताका अनुसार मंगलबार दिउसो कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एकएक वटाका दरले उपमहानगरपालिका भागवण्डा गरिएको थियो ।

सहमतिअनुसार घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो । हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो । तर, जनकपुर र नेपालगन्जमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न नसकेको हो ।

दिउँसोको सहमतिअनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । जनकपुर जसपालाई दिने सहमति थियो । राति ती दुई उपमहानगरमै सहमति जुट्न नसकेपछि बैठकबाट नेताहरू उठेका हुन् ।

यसैगरी, उपमेयरतर्फ कांग्रेसले जनकपुर, हेटौंडा, जितपुर सिमरा र घोराही उपमहानगर उपमेयर लिने धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रलाई दिने सहमति मंगलबार दिउँसो भएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिने तथा जसपाको भागमा कलैया उपमहानगरपालिका उपमेयर दिने सहमति थियो । नेपालगन्ज उपमेयर जसपा र धनगढी उपमेयर माओवादीले राख्ने सहमति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४