Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असार मसान्तसम्मका लागि इन्धन खर्च २० प्रतिशतले कटौती हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ५ २०७९
  • 11.6K
    SHARES

काठमाडौँ । सरकारले आगामी असार मसान्तसम्म इन्धन खर्चमा २० प्रतिशत कटौती गर्ने भएको छ । सरकारका मन्त्रकालय, विभिन्न निकाय तथा सार्वजनिक संस्थाले इन्धन शीर्षकमा गर्दै आएको खर्च आगामी असार मसान्तसम्मका लागि २० प्रतिशतले कटौती गरिने भएको हो ।

अर्थमन्त्रालयले सोमबार सूचना जारी गर्दै इन्धन खर्च २० प्रतिशतका दरले असार मसान्तसम्म कटौती गर्नुपर्ने व्यवस्था गरेको जनाएको हो ।

देशमा रेमिट्यान्स कम भएको, व्यापार घाटा बढेको र विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको अवस्थामा मन्त्रिपरिषद्को चैत ३० गते बसेको बैठकले इन्धन खर्च कटौती गर्ने निर्णय गरेको थियो ।

छुट्टै ऐनअनुसार इन्धन खर्च सुविधा लिइरहेका पदाधिकारीको हकमा पनि यो व्यवस्था लागु हुने मन्त्राललयले जनाएको छ । तर, विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र स्थानीय निर्वातन प्रयोजनाका लागि इन्धन खर्च कटौती नहुने पनि मन्त्रलायले जनाएको छ ।

इन्धन खर्च कटौतीको उक्त व्यवस्थाको पालानाबारे केन्द्रीय निकाय, सबै संवैधानिक निकाय, प्रदेशको हकमा प्रधानमन्त्री कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला मन्त्रालयले अनुगमन गर्ने पनि मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४