Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तरकारी खेतीबाट सफलता पाएका मेगराजको कथा कतारको तीन बर्ष सम्झदा पछुतो लाग्छ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ४ २०७९
  • 6.9K
    SHARES

रामपुर, पाल्पा । सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे ।तरकारी बालीमा मलको व्यवस्थापनका लागि कुखुरापालन व्यवसाय पनि सँगैसँगै अगाडि बढाए । सामान्य अन्नबाली उब्जाउ हुने खेतलाई मलजल गर्दै जाँदा अहिले सोही जग्गाले दैनिक आयआर्जन बढाएको छ ।

काम र दामको खोजीमा मेगराज करिब तीन वर्ष कतारमा बसे । विदेशबाट गाउँ फर्केर कृषि व्यावसाय थालनी गरेका न्यौपाने अहिले सफल कृषकका रुपमा कहलिएको छ । उनको कृषि कार्य हेर्दा लोभलाग्दो छ । रामपुर नगरपालिका-७ बहखोलामा करिब छ रोपनी जग्गा रु दुई लाखमा बन्दक लिएर व्यवसाय चलाएका छन् । न्यौपानेको फार्ममा यतिबेला करेला,घिरौँला, लौका, साग, फर्सी, बोडी, सिमी, भेन्टा, खुर्सानीलगायत तरकारी बाली छन् । हाल बजारमा करेला र घिरौँला प्रतिकिलो रु १२०, लौका ७०, काँक्रा ५० मा धमाधम बिक्री भइरहेको बताए । तरकारीको व्यापार राम्रो हुदा बजारको माग थेग्नै नसकिएको उनको भनाइ छ ।

मेगराज भन्छन् “तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेतभरि हरियाली फलेका तरकारी देख्दै मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एकछिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ” । बेमौसमी तरकारी बजारको मागअनुसार पु¥याउन नसकिएको उनको भनाइ छ । उनले दिनमा बढीमा १५० किलोसम्म तरकारी बिक्री गर्छन् । यसैबाट खर्च कटाएर रु पाँच लाख वार्षिक आम्दानी लिने गरेको मेगराजको भनाइ छ । मेहनत गरियो भने दाम कमाउन समस्या नभएको उनको भनाइ छ ।

“विदेश गए धेरै दिन बसिन, किन बेच्नु रगत र पसिना’ पशुपति शर्माले गाएको यो गीतले भने झैँ मेगराजले आफ्नै माटोमा पसिना बगाएर कमाएको धन हातमा बुझ्दा आनन्द लाग्ने गरेको अनुभव सुनाए । उनि भन्छन्, “विदेशमा काम गर्न दुःख छ, अर्काको अधीनमा बसेर काम गर्नुपर्ने बाध्यता छ, यहाँ परिवारसँगै बसेर काम गरेका छौँ, दिनहुँ तरकारी बेचेर पैसा हात परिरहन्छ, राम्रो गरेपछि सबैले सम्मान गर्नुहुन्छ, मलाई त अहिले विदेशको बसाइ सम्झदा पश्चाताप लागिरहेको छ ।”
कुनै पनि तालिम नलिईकन व्यवसाय गररेका मेगराजले अहिले काम गर्दै जाँदा यसबाट धेरै अनुभव बटुलेका छन् । व्यवस्थित थाक्रो नहुँदा कहिलेकाहीँ सामान्य हावाहुरीले तरकारीलाई असर पारेको उनले बताए । केही दिनअघि आएको हावाहुरीका कारण करिब दुई रोपनी क्षेत्रफलमा लगाएको सिमी र लौकामा क्षति पु¥याउँदा करिब रु एक लाख बराबरको क्षति पुगेको छ ।

यो व्यवसायमा श्रीमती तुलसा न्यौपानेले सघाउँदै आएकि छिन् । तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने, बजारमा बिक्री गर्न भ्याइनभ्याई छ, यसरी नै हाम्रो दिनचर्या बित्ने गरेको तुलसाले बताए । “खेतभरि लगाएका तरकारी बाली अवलोकन गर्न बेलाबेलामा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, उच्च ओहोदामा कार्यरत व्यक्ति आउनुहुन्छ, कृषिमा राम्रो गरियो भने सबैसँग चिनिने अवसर पाउँदा व्यवसायमा उत्साह थपिएको छ”, उनले भने ।
स्थानीय तहबाट सहयोग पाएमा व्यवसाय बढाउने सोच छ ।

आफ्नै नाममा जग्गा नहुँदा नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा समावेश हुन नपाएको मेराजको गुनासो छ । रामपुर नगरपालिकाको नमूना, अवलोकनयोग्य व्यवसाय रहेको र कृषिमा पछिल्लो समय यहाँका युवाको आकर्षण बढेको कृषि शाखाप्रमुख रामहरि पाण्डेयले बताए ।
रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४