Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले भने : दाइ शरण आउन् कि भाइ शरण, नुवाकोट लालकिल्ला !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३ २०७९
  • 6.9K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोट अब आफ्नो पार्टीको ‘लालकिल्ला’ हुने दाबी गरेका छन् ।

शुक्रबार नुवाकोटमा आयोजित पार्टीको जिल्ला स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरु लक्षित टिप्पणी गरेका हुन् । अब नुवाकोट एमालेको किल्ला बन्ने भन्दै उनले भनेका छन्, ‘(रामशरण र प्रकाशरण महत) यो शरण आउन कि अर्को शरण आउन्, “दाइ शरण आउन् कि भाइ शरण आउन्।”

उनले अघि भने, ‘(अर्जुननरसिंह/केदारनरसिंह केसी) नरसिंह आउन कि अर्को सिंह आउन केही मतलव छैन । एमालेको किल्ला नुवाकोट जिल्ला ।’

एमालेलाई हराउन गठबन्धनका नाममा ठूलो षड्यन्त्र र ठूलो साँठगाँठ भइरहेको ओलीको दाबी छ । ‘एमालेले देशभरीका ७ सय ५३ वटै पालिकाहरुमा जित्नुपर्ने छ,’ उनले भने, ‘एमालेलाई जित्न नदिनका लागि घोषित रुपमा, अघोषित रुपमा गठबन्धन हुँदैछ ।

आफ्नै गृह जिल्लामा पनि एमालेलाई हराउन गठबन्धनका दलले ‘राजावादी पार्टी’लाई सघाउन लागेको उनको दाबी छ ।

‘मेरै निर्वाचन क्षेत्र, मेरै नगरपालिकामा राजावादी राप्रपाका उम्मेदवारलाई कांग्रेस, माओवादी लगायतका पार्टीले साझा उम्मेदवार बनाउँदैछन्,’ उनले भने, ‘अनि अस्ति एक जनाले भन्दै थिए, अब केपी ओली ज्ञानेन्द्र शाहसँग मिल्न जान्छ, राजावादीसँग मिल्न जान्छ । लाज हुनुपर्ने ! मेरै क्षेत्रमा साझा उम्मेदवार बनाउँदैछन् राजवादीलाई ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४