काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने जानकारी प्राप्त भएको हो ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जन प्रहारलाई जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य रुपमा उपस्थिति हुनको लागि उर्दी जारी गरिएको छ । आज स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुने छ मुख्यसचिव पौडेलले जन प्रहारलाई भने !
