Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज सिरुवा पर्व, प्रदेश १ ले दियो सार्वजनिक बिदा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २ २०७९
  • 4.7K
    SHARES

विराटनगर । पूर्वी तराईमा मनाइने सिरुवा पर्व आज बनाइँदैछ । विशेषगरी आदिवासी समुदायले मनाउने सिरुवा पर्व वैशाख १ गतेदेखि सुरु हुने र तीन दिन सम्म मनाउने गरिन्छ ।

पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन छ  । प्रदेश सरकारले सिरुवाको अवसरमा प्रदेश १ मा आज सार्वजनिक बिदा दिएको छ । सिरुवा पर्वमा  विभिन्न परिकार खाने र संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम गर्ने चलन रहँदै आएको छ ।

झापा, मोरङ र सुनसरीका आदिवासी राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले यो पर्व धूमधामका साथ मनाउँछन् । पर्वको अवसरमा यी जिल्लाहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरूसहित सिरुवा मेला पनि लाग्ने गर्दछ । बिहीबारदेखि सिरुवा पर्व र ग्रामथानहरुमा मेला सुरु भएको हो । सिरुवा पर्वलाई जुडसितल पनि भन्ने गरिन्छ ।

आजकै दिन सिरुवा पर्वको अवसरमा बिहानै स्नान गरेर भात, दाल, विभिन्न किसिमका तरुवा, सजिवनलगायत तरकारी, आचार, झोरी, बरीका साथै दही‚ चिनी खाने परम्परा रहेको छ । थारु, राजवंशी समुदायको वैशाख १ गतेबाट महिनाभर चल्ने ग्रामथान मेला पनि सुरु भएको छ । यस्ता मेला विभिन्न ठाउँ अनुसार फरक फरक ठाउँमा लाग्ने गर्दछ  ।

सिरुवा पर्वको अवसरमा  शुभकामना सन्देश दिँदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व रहेको बताएका छन् ।  ‘हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्,’ शुभकामना सन्देश भनिएको छ, ‘यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४