Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिभिल बैंकको “अद्वितीय नेपाल” शिर्षकको नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २९ २०७८
  • 4.4K
    SHARES

काठमाडाैँ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले “अद्वितीय नेपाल” शिर्षकमा नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक गरेको छ । कोरेना महामारीको कारण करीव धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ साथै सोही महामारीको कारण मानिसहरु लामो समय देखि घुम्नबाट बन्चित भएको र नयाँ नयाँ भ्रमण गन्तव्यहरुको खोजीमा हुन्छन् । त्यसैले उक्त क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरु पÞmोक्सुन्दो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् । यस क्यालेण्डरका तस्वीरहरु ईमेजपसलडटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरु हुन् ।

नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण देश बिदेशबाट लोकप्रिय भ्रमण गन्तब्यको रुपमा नेपाल चिरपरिचित छ अनि यस क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुकाबारेमा जानकारी दिनेछ भन्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताउनु भयो ।

“सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र“ नेपाल स्टक एक्स्चेंजमा सुचिकृत

सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेंज लिमिटेड बीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३०,००,००० कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेंज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गर्नु भयो ।
उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्रि खुल्ला गरिएको थियो र वितरण भएको ३०,००,००० कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार गर्न सकिनेछ भने डिबेन्चरको आर.ति.यस.सम्वन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४