Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २९ २०७८
  • 5.8K
    SHARES

काठमाडौं । चुनावी तालमेलको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दैछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले धमाधम उम्मेदवारी टुंग्याईरहँदा सत्ता गठबन्धन भने तालमेलको मोडालिटीमै अल्झिएको छ ।

पाँच दलीय गठबन्धनमा कसलाई कति प्रतिशत सिट बाँडफाँड गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । कांग्रेस बाहेकका दलहरुले ०७४ सालको चुनावलाई आधार बनाउनु पर्ने तर्क गरिरहेको बेला कांग्रेसले भने उक्त मापदण्डमा असहमति जनाईरहेको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको सोमबार बसेको बैठकमा पनि मापदण्डको विषयमा सामान्य छलफल भए पनि कुनै सूत्र भने फेला पर्न नसकेको बुझिएको छ ।

आज दिउँसो ४ बजे बस्ने बैठकमा पनि तालमेलको मोडालिटीबारे नै छलफल हुने जनाइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने पछिल्ला दिनहरुमा स्थानीय चुनाव सार्नुपर्ने लविङमा लागेको बुझिएको छ ।

चुनावी सभाहरुमा अपेक्षित भीड नदेखेपछि नेता नेपाल स्थानीय चुनावलाई कात्तिकमा सार्नुपर्ने लबिङ्गमा लागेको बताइन्छ ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेससँग सम्मानजनक भाग पाउनु पर्ने भन्दै बार्गेनिङ गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४