Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आचारसंहिता उल्लंघन गरेकाे भन्दै आयोगले साेध्याे समाजवादीलाई स्पष्टीकरण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २८ २०७८
  • 6.1K
    SHARES

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त भएको र सो विषयमा तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी भए ।

त्यस्तै, आयोगले चुनाव खर्चबारे दिएको सार्वजनिक भनाइका विषयमा कांग्रेसका नेता डा. शशांक कोइरालासँग पनि जवाफ मागेको छ । २०७४ को निर्वाचनमा कोईरालाको निर्वाचन खर्च विवरण २१ लाख ७५ हजार मात्र उल्लेख भएको र ६ करोड खर्च भएको अभिव्यक्ति दिएको भन्दै यस विषयमा सात दिनभित्र जानकारी दिन भनिएको प्रवक्ता पौडेलले बताए ।

स्थानीय निर्वाचनका लागि २८ जिल्लाको ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्‍न भएको प्रवक्ता पौडेलले जानकारी भए । त्यस्तै सवै निर्वाचन अधिकृतले पाउनेगरि एक एक प्रति मतदाता नामावली पठाएसकेको उहाले बताए ।

त्यस्तै, निर्वाचन आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ । केन्द्रबाट खरिद गर्नुपर्ने ३८ सामाग्री मध्ये ३५ सामाग्री खरिद भइ आइसकेको र अन्य सामाग्री आउने क्रममा रहेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४