Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाको गृह जिल्लामा विद्रोहको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २३ २०७८
  • 4K
    SHARES

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुरामा गठबन्धन दलबीच चुनावी गठबन्धन गर्ने सहमति भएपछि कांग्रेसकै अर्को पक्ष असन्तुष्ट बनेको छ । जिल्लाका अधिकांश नेता कार्यकर्ता त्यसको विरुद्धमा देखिएका छन् । नेता कार्यकर्ताहरूले गठबन्धनका नाममा पेल्न खोजिए तत्काल सामूहिक विद्रोह गर्ने चेतावनी दिएका छन् । यसअघि विवादका बिच नेपाली कांग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशन गरिएपछि डडेल्धुरा कांग्रेसमा विवाद चुलिएको छ । सोही कारण असन्तुष्ट बनेको अर्को पक्षसहित नेता कार्यकर्ता गठबन्धनको विरुद्धमा उत्रिएका छन् । जिल्लाभरिका चार सय ६० जना क्रियाशील सदस्यको नामावली काटेर समायोजनका नाममा तीन सय १२ क्रियाशील सदस्यता केन्द्रबाटै थप गरिएपछि छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित तत्कालीन जिल्ला कार्यसमितिले निर्णय गरेर असन्तुष्टि जनाउँदै सातौँ जिल्ला अधिवेशनमा भाग लिएको थिएन ।

अहिले कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीलगायतका दलहरूसँग मिलेर गठबन्धन गरेर निर्वाचनमा जाने तयारी थालेपछि अर्को पक्षले विद्रोह गर्ने चेतावनी दिएको हो । यसअघि सात स्थानीय तहमध्ये चार स्थानीय तहको नेतृत्वमा रहेको नेपाली काँग्रेसले हाल तीन स्थानीय तहको नेतृत्व लिनेगरी गठबन्धन गर्ने सहमति भइरहेको विषय बाहिर आएको छ ।

यसअघि एक स्थानीय तहको नेतृत्व गरेको माओवादी केन्द्रलाई हाल तीन स्थानीय तह र एकीकृत समाजवादीलाई एक स्थानीय तहमा नेतृत्व दिने सहमति भइसकेको जनाइएको छ । कांग्रेसका इमानदार नेता कार्यकर्ताहरूलाई पाखा लगाएर गठबन्धनका नाममा अन्य राजनीतिक दलहरूसँग मिलेमतो गर्ने काम भएको भन्दै छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा जिल्लास्तरीय नेताहरूले आसन्न स्थानीय तह निर्वाचनका लागि छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । असन्तुष्ट पक्षले अहिले जिल्लाका विभिन्न स्थानीय तहमा कार्यकर्ता भेलाको आयोजना गर्दै गठबन्धनको विरोध गर्दै आएका छन् ।

असन्तुष्ट पक्षले पार्टी नेतृत्वले टिकट नदिएपनि स्थानीय तहहरूमा उम्मेदवारी दिएर चुनाव लड्ने तयारीसमेत गरेको छ । उनले कांग्रेसका नेता कार्यकर्ताहरू एकढिक्का भएर स्थानीय तहको निर्वाचनमा होमिएमा डडेल्धुराका सातवटै स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने निवर्तमान उसभापति करुणाकरण भट्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४