Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डाक्टर मृत फेला घटना : रिपोर्ट पर्खिँदै प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २० २०७८
  • 2.5K
    SHARES

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ का प्रेम बस्नेतको घरमा डेरा गरी बस्थे नोबेल मेडिकल कलेजको हाड जोर्नी विभागमा कार्यरत डाक्टर विजय यादव । उमेरले बल्ल २८ वर्ष पूरा भएका यादव शुक्रबार रातीसम्म पनि डेरामा पुगेनन् । डाक्टर भएका कारण बिहान साँझ जतिबेला पनि हिँड्नु पर्ने बाध्यता हुने भएकोले घरधनीलाईको आयो गयो भन्ने बारेमा खासै त्यो कुराको वास्तै हुँदैन थियो । शुक्रवार रातीसम्म पनि नफर्किएका यादव शनिवार बिहान त्यही घर अगाडी नै मृत अवस्थामा भेटिए ।

शुक्रबार दिनभरि नै कटहरी गाउँपालिका ३ मा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । त्यो शिविरमा विजय पनि गएको नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक नारायण दाहालले बताए । ‘दिनभरि स्वास्थ्य जाँचपछि उनीसहित अस्पतालका चिकित्सकको टोली ५ बजे अस्पतालमा आएका आएको थियो, उनले भने, अस्पतालबाट आफ्नो डेरातर्फ जाने भन्दै हिँडेका डा. यादव शनिबार बिहान मृत फेला परेको भन्ने जानकारीमा आयो ।

 नोबेलका डाक्टरको मृत्यु शंकास्पद !

सप्तरीको विष्णुपुर गाउँपालिका-१ घर भएका डाक्टर यादव विगत ५ वर्षदेखि नोबेलमा कार्यरत थिए । बङगलादेशबाट एमबिबिएस गरेर फर्किएर नोबेलमा कार्यरत रहेका यादव सरल स्वभावका रहेका थिए । साँझ अस्पतालबाट ठिकठाक रूपमा निस्किएका डाक्टर यादव शनिबार बिहान उनी डेरा गरी बस्ने घरकै कम्पाउन्डमा मृत भेटिएका थिए ।

यादवको मृत्यु सहज प्रकृतिको नभएको अस्पताल निर्देशक दाहाल बताउँछन् । घोप्टो परेको, एउटा खुट्टामा जुत्ता रहेको अर्को नरहेको अवस्थामा यादवको शव फेला परेको थियो । नाकबाट रगत बगेको र टाउकोमा चोट लागेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटना बारेमा सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र घटना कसरी भएको हो भन्न सक्ने अवस्था हुन्छ, रिपोर्ट नआउँदासम्म अहिले नै यसै भएको हो भनी हाल्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

संघीय प्रहरी इकाई धरानबाट ल्याइएको कुकुर समेतको सहयोगमा प्रारम्भिक अनुसन्धान भइरहेको उनले जानकारी दिए । यादवको मृत्युलाई प्रहरीले पनि शंकास्पद भनेको छ । घटना शंकास्पद भएपनि अहिलेसम्म कस्तो शंकास्पद भन्नेमा प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरी श्रोतका अनुसार शुक्रबार साँझ अस्पतालबाट निस्किएका यादवसहित उनका साथीहरू नजिकैको होटलमा रहेको खुलेको छ। ‘यादव दुई जना साथीहरूसँग होटलमा राती ११ बजेसम्म बसेका पाइएको छ, प्रहरी श्रोत भन्छ, त्यसपछि एउटा स्कुटरमा तीन जना बसेर डा. यादवलाई पुर्‍याउन डेरा गएको देखिएको छ ।’ प्रहरी उनीहरूसँग पनि सोधपुछ गरेको जनाएको छ।

प्रहरीको नियमित गस्ती हुने र निगरानी हुने क्षेत्रमा भएको घटनालाई स्थानीयले गम्भीर रूपमा लिएका छन् । नोबेल, कन्चनवारी, बरगाछी लगायतका क्षेत्रमा ढुक्कै प्रहरी बसेको हुन्छ । डा यादवमाथिको घटना मध्य रातमा भएको हुनसक्ने अनुमान लगाइएको छ। शव भेटिएको स्थानदेखि करिब एक सय मिटर पश्चिम नहर छेउमा रगत देखिएकोले घटना एकातर्फ घटाएर डेरा बसेको घरमा लगेर शव फालेको हुनसक्ने अनुमान मृतकका मामा उपेन्द्र यादवको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४