Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधान मन्त्री देउवा बनारस जाने, आजै स्वदेश फर्किँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २० २०७८
  • 1.7K
    SHARES

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । आज साँझ ६ः१० बजे स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वदेश फर्कनुअघि देउवाले भारत उत्तर प्रदेशको वाणरसी (बनारस) को भ्रमण गर्ने कार्यक्रम रहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधान मन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेका थिए । साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर-जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा १८ गते दिउँसो प्रधान मन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेको थिए । देउवाको यो भ्रमण पाँचौँ पटक प्रधान मन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४