Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्ततः रामेछापमा पनि एमालेविरुद्ध गठबन्धन बन्ने, कुन स्थानीय तहमा कसको दावी ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १८ २०७८
  • 2.6K
    SHARES

रामेछाप । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लडने निर्णय गरेसँगै रामेछाप पनि एमालेविरुद्ध गठबन्धन बन्ने निश्चित भएको छ । कांग्रेसले गठबन्धनबाहेकका अन्य दलसँग गठबन्धन गर्न निषेध गरेसँगै रामेछाप पनि कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल हुने भएको हो ।

गत निर्वाचनमा रामेछापमा तेस्रो स्थान बनाएको कांग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दावी गरेको छ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिका नगर प्रमुख÷उपप्रमुख र उमाकुण्ड गाउँपालिकामा उपाध्यक्ष सहित जिल्लाको ६४ वटा वडा मध्ये १३ वडामा जित हासिल गरेको थियो ।

कांग्रेसले गठबन्धन गर्दा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकामा अध्यक्षमा दावी गर्ने तयारी गरेको छ । मन्थली नगरपालिकामा नेकपा एकीकृत समाजवादी रामेछाप जिल्ला अध्यक्ष समेत रहेका मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेतले पनि उम्मेदवारी दिने बताएका छन् । गठबन्धनबीच सहमति भएको अवस्थामा मन्थली नगरपालिकामा एकीकृत समाजवादीले पाउने सम्भावना रहेको समाजवादीका एक जिल्ला नेता बताउन ।

रामेछाप नगरपालिका, दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिकामा अध्यक्षको लागि माओवादी केन्द्रको दावी रहेको छ । गत निर्वाचनमा सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका जितेको हिसाबमा पनि माओवादीले दुई स्थानीय तहमा स्वभाविक रुपमा दावी गर्ने भएको छ । त्यसैगरी रामेछाप नगरपालिकामा पनि माओवादीको दावी रहने एक नेता बताउछन ।

कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले छ वटा स्थानीय तह र ४० भन्दा बढी वडामा कांग्रेसले जित्ने यसअघि दावी गरेका छन् । तर गठबन्धनबीच सहमति भएको अवस्थामा तीन वटै दलले आफ्नो हैसियत अनुसारको भाग खोज्ने निश्चित छ । तीन दलबीच गठबन्धन गरेर चिर्वाचनमा जाने सहमति भएको अवस्थामा सबै भन्दा बढी असन्तुष्टि कांग्रेसमा देखिने कांग्रेसका एक जिल्ला नेता बताउछन । उनले कम्युनिष्टहरु विभाजित भएको अवस्थामा पनि एक्लै नलडने हो भने काग्रेसले कहिले जित्ला भन्ने चिन्ता रहेको बताए ।

रामेछापमा तीन दलबीच चुनावी तालमेल भएको अवस्थामा गत निर्वाचनमा पाँच वटा स्थानीय तहमा जित हासिल गरेको नेकपा एमालेलाई चुनौती थपिने छ । गठबन्धन नहुँदा विगतको विरासत धान्ने दावी गर्दै आएको एमालेका लागि गठबन्धन बनेको अवस्थामा स्वभावितक रुपमा चुनाती देखिने भएको छ । स्थानीय तहको निर्वाचनमा थोरै मत पनि निर्णायक र महत्वपूर्ण हुने भएकाले तीन दलको गठबन्धन बनेको अवस्थामा एमालेलाई चुनावमा जित हासिल गर्न दबाब पर्ने निश्चित रहेको छ ।

तीन दलबीच चुनावी तालमेलपछि उत्पन्न हुने असन्तुष्टिले पनि गठबन्धनले जित्ने वा हार्ने विषयको टुंगो लगाउनेछ । केही दिनमा पनि केन्द्रमा शीर्ष तहमा सहमति गरेर चुनावी तालमेल गर्ने निर्णय भएपछि मात्र जिल्ला तहमा औपचारिक रुपमा तालमेल गर्ने र कहाँ कसले लिने भन्ने विषयको बहस सुरु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४