Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन गर्छौं भनेका छन्, सजिलो छैन : ओली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १६ २०७८
  • 6K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्न सजिलो नभएको बताएका छन् ।

उनले सत्ता गठबन्धनका दलहरुलाई लोभी पापी भन्दै उनीहरुबीच गठबन्धन गर्न सहज नभएको टिप्पणी गरेका हुन् ।

‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन, लोभी पापीहरुको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त’ भक्तपुरमा तरकारी बजारको उद्घाटन गर्दै उनले भने, ‘एकै दिन निर्वाचन आयोगले उम्मेदवारी दर्तै गर्न सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ मनोनयन दर्ता पनि ।’

एमाले अध्यक्ष ओलीले यसपल्ट उम्मेदवारी दर्ताका बेला गठबन्धनमा झगडा हुन्छ, कुरा मिल्दैन निर्वाचन आयोगलाई मनोनयन दर्ताको समय गठबन्धनले नै दुई दिन राख्न लगाएको जिकिर गरे । ‘एक हप्ता राखे पनि के हुन्छ र मनोनयन नै हुने होला’ ओलीले भने ।उनले नेपालमा एमालेसँग प्रतिस्पर्धा गर्ने दल कुनै नरहेको भन्दै गठबन्धन गरे पनि आफूहरुले चुनाव जित्ने दावी गरे । ‘एमाले क्वीन्टलको ढक हो । पाँचवटा दल भनेका एक एक किलोको ढक जस्ता हुन् । एक्लै एमालेसँग लड्न आउन अबको नेपालमा कुनै पार्टीले नचिताए हुन्छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४