Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको अभियानले राजनीतिक हलचल ल्याएको कांग्रेस नेता सिंहको दावी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १५ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ले देशभर राजनीतिक हलचल ल्याएको बताउनुभएको छ ।

कांग्रेसको ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ अन्तर्गत आज मंगलबार थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै हुँदै नेता सिहले कांग्रेसको अभियानले देशभर राजनीतिक हलचल ल्याएको दाबी गर्नुभएको हो ।

नेता सिंहले कांग्रेसको प्रतिस्पर्धा कम्युनिस्ट पार्टीसँग हुने भएकाले सालिन व्यक्तिलाई प्रतिस्पर्धामा खरो उतार्न पर्नेमा जोड दिनुभयो । २०४६ को परिवर्तन पछि मुलुकको विकास जसरी हुनु पर्ने हो त्यो हुन नसक्नुको मुख्य बाधक नेकपा एमाले भएको समेत बताउँदै उहाँले नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनता सामु पुग्नु पर्ने बताउनुभयो ।

जनताको घर–घरमा पुग्दा सालिनता र नम्र व्यवहार देखाउन समेत कार्यकर्ताहरुलाई निर्देशन सिंहले निर्देशन दिनुभएको छ ।

स्थानीय निकायको चुनावमा पार्टीका उम्मेदवार सिफारिस र चयन पार्टी विधानअनुसार गर्नुपर्ने बताउँदै उहाँले विधानको व्यवस्थाभन्दा बढी सिफारिस गरेर आफू लोकप्रिय बन्ने र दोष अरु नेताको टाउकोमा थोपर्ने काम नगर्न समेत निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले काठमाडौंको संगठन बलियो भयो भने देश भरको संगठन बलियो हुने भन्दै अब काठमाडौंंले नै मुलुकको नेतृत्व गर्ने अवसर आउने भएकाले यो अवसर नगुमाउन पनि आग्रह गर्नु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य ध्यानगोबिन्द रन्जित, राजेन्द्र कुमार के.सी., काठमाडौं जिल्ला सभापति सबुझ बानियालगायतले कांग्रेसका उमेदवार हरुलाई जिताउन दिनरात नभनि खट्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४