Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तिलोत्तमामा १४ करोड लागतमा भ्यूटावर, ओलीले गरे उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १५ २०७८
  • 6.6K
    SHARES

टवल । रुपन्देहीको तिलोत्तमामा करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावर उद्घाटन गरिएको छ । मंगलबार विहान आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको उद्घाटन गरे ।

करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावरका लागि शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा तयार भएको हो ।

तिलोत्तमा नगरपािलकाका प्रमुख बासुदेव घिमिरेले अन्यत्रको भ्यूटावर जस्तो नभई नगरपालिकालाई मासिक ३ लाख रुपैयाँ बढी आम्दानी हुने दावी गरे । १० तले भ्यूटावरमा होटेल, व्यवसायिक पसल, पुस्तकालय आदि रहनेछन् ।

टावर निर्माणमा लागत साझेदारी गरेको वन वाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले जनप्रतिनिधिको म्याद सकिन लागेकाले २० प्रतिशत काम बाँकी छदै उद्घाटन गरिएको बताए ।

प्रधानमन्त्री दिल्ली गएपछि सुकुम्बासीका फाइल भेट्लान् : ओली

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा दिन नचाहेको आरोप लगाएका छन् ।

उनले एमालेले गठन गरेको भूमि आयोग अहिलेको सरकारले विघटन गरेर सुकुम्बासीमाथि पहिलो बञ्चरो प्रहार गरेको बताएका हुन् । अघिल्लो सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला यो सरकारले आयोग खारेज गरेर भूमिहीनलाई बेघरबार बनाएको ओलीको आरोप छ । उनले गठबन्धन सरकारले अनेक बहाना खोज्न अघिल्लो सरकारमाथि भूमिहीनको फाइल लुकाएको आरोप लगाउँदै हिंडेको पनि दावी गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणतर्फ लक्षित गर्दै ओलीले दिल्ली गएपछि फाइल भेटिन सक्ने टिप्पणी गरे । ‘शुक्रबार प्रधानमन्त्री दिल्ली जाँदै हुनुहुन्छ, त्यहाँ गएपछि फाइल भेट्छन् होला’ ओलीले भने ।

ओलीले एमालेको सरकार बनेपछि भारतसंगको परनिर्भरता कम भएको र भ्यूटावर निर्माण लगायत विकासको लहर चलेको बताए । जनप्रतिनिधिहरु स्वच्छ र पारदर्शी हुनुपर्ने सुझाव दिंदै ओलीले आवश्यकता अनुसार टोल टोलमा विकास पुर्‍याउनुपर्ने बताए । खाद्यान्नमा आत्मनिर्भर हुनु सबैभन्दा महत्वपूर्ण विषय भएकोमा जोड दिंदै ओलीले जमिन बाँझो राख्न नपाइने तिलोत्तमाको नीति सबैले अनुशरण गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४