Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १४ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।

‘केन्द्रीय समितिको बैठकमा अधिकांश साथीहरूले आवश्यक्ताको आधारमा, सिद्धान्तमा तालमेल, गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र आउने संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने परिस्थिति निर्माण हुनसक्ने किसिमको सल्लाह, सुझाव दिनुभयो,’ उहाँले भन्नुभयो, ‘कतिपय साथीहरूको मत गठबन्धन नगरीकन एक्लै पार्टी गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ, परिचय गर्नुपर्छ भन्ने आएको थियो ।’

महतले आज (सोमबार) सबै केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राखिसकेको र बैठकमा पार्टीलाई बलियो बनाउने भन्ने बारेमा छलफल भएको बताउनुभयो । बैठकमा ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियानको मूल्याङ्कन भएकोसमेत जानकारी दिनुभयो । ‘छलफल आज टुंगिएको छ, भोलि तीन बजेको बैठकमा हामी निर्णय गर्छौं,’ उहाँले भन्नुभयो, ‘बोल्ने सिलसिलामा स्थानीय तहमा पार्टीको मजबुती, ‘घर घर जाऔं, नेपाली कांग्रेस जिताऔं’ अभियानको मूल्याङ्कन भयो ।’

बैठकमा कतिपय सदस्यले गठबन्धन नगरी कांग्रेस निर्वाचनमा जानुपर्ने धारणा राखेकोसमेत प्रवक्ता महतले बताउनुभयो ।

प्रवक्ता महतले पार्टीको अर्को केन्द्रिय समिति बैठक भोलि (मंगलबार) अपरान्ह ३ बजे बस्ने र केन्द्रीय समितिका सदस्यहरूको धारणाअनुसार नै सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुने बताउनुभयो । ‘साथीहरूको सल्लाह सुझावका आधारमा प्रस्ताव तयार हुन्छ र भोलि तीन बजे केन्द्रीय समितिको बैठक बसेर हामीले निर्णय गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘भोलि सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४