Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ मतदातालाई हँसिया हथौँडा र कलममा होइन रुखमै भोट हाल्न लगाउने हो : महामन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १४ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा नयाँ मतदातालाई हसियाँ हथौँडा र कलममा नभई रुखमै भोट हाल्न लगाउनुपर्ने बताएका छन् ।

पहिलो पटक नै रुखभन्दा अन्त्रय भोट हाल्न लगाएमा पछिल्लो चुनावमा ती नयाँ मतदाताले रुखमा भोट नहाल्ने महामन्त्री थापाले बताए ।

उनले भने, ‘देशभर लाखौ नयाँ मतदाता छन् उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने हो । तर, अहिले नै रूख बाहेकमा भोट हाल्न लगाउने हो भने उनीहरुले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौँडा र कलममा भोट हालेका मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्लान् त ?’

महामन्त्री थापाले कसैगरी नयाँ मतदातालाई पहिलोपटक रुखमै भोट हाल्न लगाउनुपर्ने बताए । यसअघि केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि गठबन्धन गरेर चुनावमा जानुको औचित्य खोजेका थिए ।

तर, सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचनमा गठबन्धन नगरी जाँदा आफू बल्लतल्ल चुनाव जितेको उल्लेख गर्दै जसरी हुन्छ गठबन्धन गर्नुपर्ने बताएका थिए । सभापति देउवाले आगामी चुनावमा गठबन्धन गरेर गएको खण्डमा पार्टीले सबै ठाउँमा चुनाव जित्ने ठोकुवा पनि गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४