Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालको आरोप : केपी ओली सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्छन्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् ।

आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेको नेपालको आरोप छ ।

आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’

आफूहरु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी उनले गरे । त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने उनले बताए । त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले भने, ‘पहिले तपाईंहरु आफ्नो शक्तिमाथि भरोसा गरेर, संगठन निर्माण गरेर, आफ्नो हैसियत कायम राखेर अघि बढ्नुस् । आफ्नो हैसियत नभएकालाई कसैले पत्याउँदैनन् ।’

उनले आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने उनले बताए । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले पनि गठबन्धनको कुरा गरेको भन्दै उनले खुसी व्यक्त गरे ।

अब कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावमा गठबन्धन गर्ने भनेर औपचारिक निर्णयलाई आफूहरुले कुरेको नेता नेपालले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४