Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कहिले पाउँछन् बालबालिकाले कोरोना खोप ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 10.1K
    SHARES

© नेत्र बहादुर कार्की

काठमाडौं । ५ देखि ११ बर्षसम्मका बालबालिकाको लागि कोरोनाभाइरस विरुद्धको खोप आउने अनिश्चित बन्दै गएको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार अझै पनि अमेरिकन कम्पनी र नेपालबीच सम्झौता भएको छैन ।
सरकारले बालबालिका लागि चैत मसान्तभित्र फाइजर खोप आउने बताएपनि कुनै त्यसअनुसारको काम भएको पाइँदैन ।

विभागले फाइजर खोप ल्याउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । तर, पास हुन सकेको छैन,’ डा. मरासिनीले भने,’ मन्त्रिपरिषद्बाट पास भएपछि सम्झौता गरेर खोप खरिदको प्रक्रिया अगाडि बढ्छ ।

विश्व स्वास्थ्य संगठनले ५ वर्षभन्दा माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने बताएको छ । खोप नपाएका ५ वर्षभन्दा ११ बर्षसम्मका बालबालिकालाई लक्षित गरेर नेपालले ८४ लाख फाइजर खोप खरिद गर्ने योजना बनाएको छ ।

‘खरिदको लिखित सम्झौता भएपछि खोप आउन अझै एक महिना लाग्न सक्छ,’ डा. मरासिनीले भने, ’ देशभर ५ देखि ११ वर्ष उमेर समूहका करिब ३५ लाख बालबालिका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४