Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“हिमगंगामा घरेलु ‘बम’ पड्किदा एक गम्भीर घाइते, दुई जना भाग्दै गर्दा पक्राउ “


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १० २०७८
  • 8.8K
    SHARES

© नेत्र बहादुर कार्की

रामेछाप । हिमगंगा रामेछापमा माछा मार्न प्रयोग गरेको बम बिस्फोट् हुँदा एक जना घाइते भएका छन् । एक जनालाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

 आज बिहिबार बिहान रामेछाप नगरपालिका वडा नं ६ बसेरीको जलजलेस्थित् लिखु नदीमा माछा मार्नको लागि भनेर  बनाएको घरेलु बम विस्फोट् हुदाँ रामेछाप नगरपालिका वडा नं ४ धारापानीका ३५ वर्षीय टुकबहादुर श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जन प्रहारलाई जानकारी दिएका हुन् ।

 घाइतेको उद्दार गरि साँघुटार अस्पतालमा लागिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाउन हेलिकप्टर झिकाउने प्रयास भैरहेको प्रहरी श्रेष्ठले बताएका छन् । 

श्रेष्ठका अनुसार सोही  घटनामा ३० वर्षीय बुद् लामा र २९ वर्षीय निला लामालाई मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरिएको  जानकारी दिएका छन । उनीहरुलाई वडा अध्यक्ष टुपेन्द्र बहादुर तामाङ्ले नियन्त्रणमा  लिएका हुन् । अहिले प्रहरीको नियन्त्रणमा छन्।

घटना स्थालमा अहिले जिल्ला प्रहरी कार्यालय रामेछापबाट डिएसपी राजकुमार थिङ्सहितको टोली र रामेछाप नगरपालिकाका मेयर नर बहादुर थापामगर लगाएतको टोलि घटनास्थल भएको स्थानमा जादै गरेको कुरा रामेछापका मेयर थापामगरले जन प्रहारलाई जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४