Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले रामेछापको इन्चार्जमा शान्ति पौडेल, सह–इन्चार्जमा कडरिया र कार्की


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ९ २०७८
  • 3.3K
    SHARES

रामेछाप / नेकपा एमालेको जिल्ला ईन्चार्जमा शान्ति पौडेल चयन भएका छन् । एमाले बागमती प्रदेश कमिटीले प्रदेश अन्तर्गत हेर्ने गरी प्रदेश कमिटीका सदस्य पौडेललाई जिल्ला ईन्चाज बनाएको हो । यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य कैलाश ढुगेललाई जिल्ला ईन्चाजको जिम्मेवारी दिएको थियो ।

अब रामेछापमा एमालेका संघ र प्रदेश हेर्ने गरी दुई ईन्चार्ज हुने भएका छन् । विगतमा एक जना मात्र जिल्ला ईन्चार्ज हुने प्रावधानलाई परिमार्जन गर्दै एमालेले संघ र प्रदेश हेर्ने गरी जिल्लामा दुई ईन्चार्जको व्यवस्था गरेको छ ।

बागमती प्रदेश कमिटीले रामेछापको ईन्चार्जसँगै प्रदेशका दुवै निर्वाचन क्षेत्रका इन्चार्ज, सह–इन्चार्ज र आठ वटै स्थानीय तहमा सहजकर्ताको समेत जिम्मेवारी बाँडफाँड गरेको छ । बागमती प्रदेश अन्तर्गत रामेछापको इन्चार्जमा पौडेल, सह इन्चार्जद्धयमा भोजराज कडरिया र माया कार्कीलाई चयन गरेको छ ।

रामेछाप प्रदेश ‘क’ को इन्चार्जमा कुमार कार्की, सह इन्चार्जद्धयमा कमल कडरिया र बुद्धी कार्की, प्रदेश ‘ख’ को इन्चार्जमा तुलाप्रसाद कँडेल र सह इन्चार्जद्धयमा रामकृष्ण लामा र कृष्णहरि अधिकारीलाई जिम्मेवारी दिएको छ । आगामी स्थानीय तहको निर्वाचनमा आठ वटा स्थानीय तहको समन्वय गर्ने गरी सहकर्ताको व्यवस्था गर्दैै जिम्मेवारी पनि बाँडफाँड गरेको छ ।

मन्थली नगरपालिकामा लव श्रेष्ठ, गोपाल श्रेष्ठ, रामेछाप नगरपालिकामा शान्ति प्रसाद पौडेल, उमाकुण्ड गाउँपालिकामा चित्रबहादुर कार्की, खाँडादेवी गाउँपालिकामा प्रेम बहादुर तामाङ, गोकुलगंगा गाउँपालिकामा खड्ग बहादुर सुनुवार, दोरम्बा शैलुङ्ग गाउँपालिकामा टंक चौलगाई, लिखु तामाकोसी गाउँपालिकामा उद्धब प्रसाद कडरिया र दीपशिखा दाहाल, सुनापति गाउँपालिकामका पान्देन लामा र भुवन घिमिरेलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४