Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोट किनबेच गर्ने खालका गतिविधि निस्तेज पारिन्छ : प्रमुख आयुक्त थपलिया


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ९ २०७८
  • 3.8K
    SHARES

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भोट किनबेच गर्ने खालका गतिविधिलाई निस्तेज पारिने बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजले बुधबार विराटनगरमा आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

मनि र मसलले निष्ठा र सिद्धान्त हार्ने तथा सुशासन कायम नहुने भएकोले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयनमा लग्नुपर्ने उनको भनाई छ । ‘आचारसंहिताको बारेमा आशंका,आशा भरोसालाई आधार मान्दा यसले निर्वाचन आचार संहिता कार्यान्वयनमा लग्न सजिलो हुनेछ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचन बढी खर्चिलो, भड्किलो भयो निर्वाचन प्रणालीको विकल्पको पनि कुरा उठिरहेको अवस्थामा निर्वाचन आचारसंहितालाई कडाइ गर्नुपर्छ ।

निर्वाचन आचारसंहिता अनुगमन गर्ने स्थानीय तहमा नै समिति हुनेछ । आगामी २०७९ निर्वाचनमय वर्षको रूपमा रहने भएकोले त्यसकालागि सबैभन्दा महत्त्वपूर्ण निर्वाचन आचारसंहिता रहेको उनको भनाई छ । ‘पहिलाको जस्तो अवस्था अब आउँदैन । अब निर्वाचन आयोगको आँखा छलेँ भन्न नपाउने खालको व्यवस्था आचारसंहितामा गरिएको छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

लोकतन्त्र र सुशासनको लागि आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्न सबैले सहयोग गर्न उनले आग्रह गरे । नेपाल सरकारका पूर्व सचिव बेगेन्द्रराज शर्माले निर्वाचन आचारसंहिताका प्रमुख विषयहरू र सरोकारवालाको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेको थिए । संघिय नेपाल सरकारदेखि मतदातालाई पनि आचारसंहिता लाग्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४