पञ्चाङ्ग
वि.सं. चैत ८, २०७८ । ई.सं. २२ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण वसन्त । मंगलबार चैत्र कृष्णपक्ष । तिथि- चतुर्थी, ८:१४ बजे उप्रान्त पञ्चमी । नक्षत्र- विशाखा, २२:०४ बजे उप्रान्त अनुराधा । योग- हर्षण, १५:०२ बजे उप्रान्त वज्र । करण- वालव ८:१४ बजेदेखि कौलव, १९:१३ बजे उप्रान्त भद्रा । चन्द्रराशि तुला । आनन्दादि योग श्रीवत्स । दिनमान ३०।१८ । सूर्योदय ६:०८ । सूर्यास्त १८:१५ । मंगलचौथीव्रत, जल दिवस ।
राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
असंयम वाणीले लाेकप्रियता गुम्न सक्छ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। तापनि प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ। केही खर्च लागे पनि रमाइला ठाउँकाे भ्रमण गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेत गर्दा छोटो समयमा पनि फाइदा उठाउन सकिनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, दिगो फाइदा हुने काम गर्न सकिनेछ। पहिलेका चुनौती पार लगाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्ने समय छ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटले काममा सफलता मिल्नेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नाले धन आर्जन हुनेछ। बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। साँझतिर भने केही विवादास्पद काममा अल्झनुपर्ने देखिन्छ। प्रतिकूल स्वास्थ्य र प्रतिस्पर्धाले खर्च बढ्न सक्छ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। साँझतिर गुरुजनको मन जित्ने प्रयत्न गर्नुहोला। सन्तान र शिष्यकाे सहयोगले काममा सफलता मिल्नेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। साँझतिर भने काम राेकिने र आफन्तसँग मतभेद हुने सम्भावना छ। कर्मक्षेत्रमा केही वादविवाद हुन सक्छ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। साँझतिर केही विवादास्पद कामको जिम्मेवारी समेत आउन सक्छ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर विगतका कमीकमजोरी बाहिरिनाले विश्वास गुम्न सक्छ। साँझमा अर्थ अभावले सताउन सक्छ। अरूकाे वादविवादमा मुछिनाले समस्या पर्ला।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। साँझतिर स्थितिमा केही सुधार आउनेछ। बिछाेडिएका परिवारजनसँग रमाइलाे भेट हुनेछ। काममा आंशिक सफलता मिल्नेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामको उचित मूल्यांकन हुनेछ। कृषि तथा पशुपालनमा मनग्य फाइदा हुनेछ। पढाइमा नयाँ ज्ञान सिक्ने मौका छ, प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा लाभ हुनेछ। सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ। साँझतिर आकस्मिक खर्च बढ्नेछ। लामाे यात्राकाे साइत जुर्न सक्छ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कामको जिम्मेवारी बढ्नेछ। अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। साँझतिर पहिलेका समस्या दोहोरिनाले पुरानै काममा अल्झनुपर्ला। आफ्नैबाट धाेका हुनेछ, सजग रहनुहाेला।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यतावश नचिताएको काममा अलमल हुनेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। तर, परिस्थितिले नसाेचेकाे रकम थमाउन सक्छ। भविष्यका लागि सम्भावना खाेजी गर्ने समय छ। प्रयत्न गर्दा पछिका लागि नयाँ कामकाे जग बसाउन सकिनेछ।
# हाम्रो नेपाली पात्रोबाट साभार गरिएको
# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
