Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धर्मनिरपेक्षताको विरोध गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले भने- पेन्सन छोड्न तयार छु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ६ २०७८
  • 11.4K
    SHARES

©नेत्र बहादुर कार्की 

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्मनिरपेक्षता लेखिएदेखि नेपालीहरुमाथि थिचोमिचो बढेको दाबी गरेका छन् । यो कुरा गर्दा आफूले पेन्सन छोड्नु परे पनि छोड्ने उनले बताए । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अभियानले शनिबार काठमाडौंमा आयोजना गरेको प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रममा पराजुलीले सो कुरा बताएका हुन् ।

गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको संयोजकत्वमा सुरु गरिएको अभियान अन्तर्गत शनिबार राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको थियो । स्वास्थ्य उपचारको सिलसिलामा भारतमा रहेकाले कटवाल भने कार्यक्रममा सहभागी थिएनन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानन्यायाधीश पराजुली सहभागी थिए । उनले धर्मनिरपेक्षताको चर्को विरोध मात्रै गरेनन्, राजनीतिक दलका नेताहरुलाई लोभी–पापीको संज्ञासमेत दिएका छन् । धर्मनिरपेक्षताबाट हिन्दू धर्म, संस्कार र संस्कृति मासिंदै गएको भन्दै उनले त्यो नचाहिने बताए । कार्यक्रममा उनले भने, ‘हामी कतैकतै थिचिएका छौं, कतैकतै मिचिएका छौं । कतैकतै अनुचित लोभमा फसेका छौं, कतैकतै लोभी–पापी पनि भएका छौं । त्यसको जग संविधानको धर्मनिरपेक्षता भन्ने शब्दबाट यसलाई अरु मुखरित गरिदिएको छ ।

उनले थपे, ‘धर्मनिरपेक्षताको कारणबाट हाम्रो संस्कार मासिएको छ, हाम्रो संस्कृति मासिएको छ । हामीले पालना गरेका हाम्रा रितिरिवाजहरु मिचिएका छन्, त्यो हामीलाई चाहिंदैन । यो कुरा गर्दा सरकारबाट पाइरहेको पेन्सन पनि छोड्न परे पनि आफू तयार रहेको उनले बताए । हिन्दू धर्म पवित्र आत्माहरुको पुञ्ज भएको बताउँदै उनले भने, ‘पेन्सन छोड्दिन तयार छु तर म हिन्दू धर्म र संस्कार छोड्न सक्दिनँ ।

अमेरिकी उपराष्ट्रपतिले पनि हिन्दू धर्मग्रन्थ छोएर शपथ ग्रहण गरेको सुनाउँदै उनले अगाडि भने, ‘संसारमा हिन्दू धर्मभन्दा ठूलो, यो भन्दा पुरानो, यो भन्दा शुद्ध र योभन्दा असल चरित्र, संस्कार छैन । यो मेरो ग्यारेन्टी हो । नेपालका उच्च तहमा रहेकाहरुले विगतमा हरिवंश पुराणलाई हातमा लिएर शपथ ग्रहण गर्ने गरेको बताउँदै उनले फेरि पनि त्यस्तै गर्नुपर्ने धारणा राखे । ‘शपथ ग्रहण गरिरहेको कुरा खेलाँची होइन, यो भन वा यो नभन भन्ने विषय होइन । अबदेखि हामीले आफ्नो आफ्नो धर्मको ग्रन्थ राखेर शपथ ग्रहणको कार्यक्रम हुनुपर्छ,’ उनले भने । सबैले आ–आफ्नो धर्मग्रन्थ छोएर शपथ ग्रहण गर्नसक्ने उनले बताए ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले धर्म विहीन राष्ट्र हुन नसक्ने बताउँदै नेपाललाई हिन्दू राष्ट्र बनाउन सबै हिन्दूहरूले आ–आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने बताए । यसैगरी नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेलले नेपाल हिन्दू राष्ट्रको रुपमा रहँदा संसारभरका हिन्दूहरूको तीर्थस्थल रहने बताए । कार्यक्रम संयोजक तथा वास्तुविद् वासुदेवकृष्ण नेपालमा शासन पद्धति जुनसुकै भएपनि हिन्दू राष्ट्र कायम हुनुपर्ने उल्लेख गरे । उनले हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानलाई ६६ जिल्लासम्म पुर्याइएको जानकारी पनि गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४