Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थली नगरपालिका र राष्ट्रिय बाणिज्य बैंकबीच २ प्रतिशत् ब्याजमा बिना धितो ऋण दिने सम्झौता पत्रमा हस्ताक्षण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ५ २०७८
  • 10.2K
    SHARES

© पुस्कर खड्का 

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले राष्ट्रिय बाणिज्य बैंकसंग सौहूलियत् पुर्ण कर्जा तथा लगानीको लागि सम्झौता गरेको छ । योसंगै अब मन्थली नगरपालिकाभित्र उद्यम गर्न ईच्छुक जो कोहीले वाणिज्य बैंकबाट बिना धितो २ प्रतिशत ब्याजमा ऋण पाउने छन् । 

 शुक्ररबार हिजो बाणिज्य बैंकको केन्द्रिय कार्यालयमा नरप्रमुख रमेशकुमार बस्नेत र बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नगरप्रमुख बस्नेतले जन प्रहारलाई भने ‘अब नगरभित्रका कृषि,पर्यटनलगाएत उत्पादनसंग जोड्ने कुनै पनि काम गर्न लगानी भएन भनेर बस्नु पर्नेछैन । नगर त्यसको साँची बस्छ योजना लिएर आएपछि उहाँले रा‍ब‍बाट २ प्रतिशत ब्याजमा बिना धितो लगानी पाउनु हुन्छ ।’

 उत्पादन गर्न चहानेले लगानी नभएर बस्नु पर्ने दिनको अन्त्यको लागि यो सुरुवात् गरेको बस्नेतको गदाबी छ । कोरोना महामारीले थिलथोलो पारेको व्यपार व्यवसायलाई थपन यसले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

 विशेष गरि कृषि, पशुपालन र साना उद्योगको विकासको लागि यो सम्झौता कोशेढुङ्गा सावित हुने एकिकृत समाजवादी पार्टी रामेछापका अध्यक्ष समेत रहेका बस्नेतको भनाई छ । ‘पहिलै हुने मिति तय गरेका थियौं । कोरोना महामारीले पछि धकेलियो ढिलै भएपनि सुरु गरेका छौं । योजना हेरेर बजेट प्राप्त हुने छ ।यती भनेर तोकेका छैनौं ।’

 सम्झौता हस्ताक्षरमा सहभागी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले नगरबासीको हितको लागि महत्वपूर्ण काम थलानी भएको बताए । लगानी गर्ने ठाउँ खुल्ला भएको छ यसको सदुपयोग गर्न सक्नु पर्छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४