Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले विध्वंशकारी पार्टी बन्यो : नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ५ २०७८
  • 6.1K
    SHARES

गोरखा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वमा नेकपा एमाले विध्वंशकारी पार्टी बनेको टिप्पणी गरेका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले एमाले बनाउने भन्दा भत्काउने काममा लागेको बताए ।

‘भत्काउने काममा मात्र लागेको विध्वंशकारी पार्टी हो एमाले,’ उनले भने, ‘कस्तो बिडम्वना आफैंले जन्माएको सन्तान विभिषण होला भन्ने सोचेको रावण भइदियो ।’ यही कारणले गर्दा आफूले नयाँ पार्टी खोल्नुपरेको उनले तर्क गरे ।

‘कतिपयलाई लागेको थियो नयाँ पार्टी खुल्न सक्दैन, केपी ओलीसँग टक्कर दिने मान्छे यो धर्तीमा जन्मेकै छैन, तर यो ओलीले जन्माएको पार्टी होइन, मैलै जन्माएको हुँ, म दावाका साथ भन्छु,’ उनले भने ।

विगतमा ओलीले प्रचण्डको काँधमा चढेर आफूलाई अग्लो देखाउन खोजेको भन्दै नेपालले ओलीको विचार, दृष्टिकोण, पार्टी संचालन विधि र पद्धति मात्र होइन संगत पनि गलत रहेको उनले टिप्पणी गरे ।

दरवारिया र विदेशीहरुसँग नजिक भएका पार्टीसँग संगत रहेको र ओलीमा दक्षिणपन्थी भड्काउ देखिएको उनको आरोप छ । ‘ओलीको क्रान्तिकारी धार भुत्ते भएर गयो, क्रान्तिकारी दृष्टिकोण हराएर गयो, जनताप्रतिको निष्ठा र समर्पण होइन भ्रष्टाचारमा चुर्लुम्म डुब्न पुग्यो, काम केही नगर्ने गफ मात्र हान्ने, गफाडीको पंक्ति तयार हुन पुग्यो फलस्वरुप हामीले नयाँ पार्टी खोल्नुप¥यो,’ उनले भने ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आफूहरुका लागि अग्निपरीक्षा भएको भन्दै नेता नेपालले गाउँगाउँ पुगेर संगठन विस्तार र तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४