Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ : एमाले अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ५ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने बताएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पाँच वर्षअघि २३ मा झारिसकेकोले अब १३ सिटमा झारिदिनु पर्ने बताएका हुन् ।

‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ कार्यकर्तालाई निर्देशन दिंदै उनले भने, ‘अब १३ सिटमा झार्नुपर्छ । लाग्नुस् न !’

कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै उनले युवाहरूले झन भोट हाल्नुपर्ने कारण नभएको जिकिर गरे ।

यस्तै गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई पार्टी नै नबनेको भन्दै अध्यक्ष ओलीले यही चुनावमै समाप्त हुने टिप्पणी गरे । गठबन्धनको अर्को घटक माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको दाबी गरे ।

साथै स्थानीय तहको निर्वाचनको सन्दर्भमा अध्यक्ष ओलीले गडबढ हुने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गरे। लाह छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै उनले त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४