Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेस प्रदेशमा आज होली मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ४ २०७८
  • 6K
    SHARES

काठमाडौं । तराई मधेशका जिल्लामा आज (शुक्रबार) होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।

मधेशका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।

मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तर गृह परिक्रमा गर्ने छ र शनिबार होली मनाइने छ । यसअनुसार यसपालि मधेश प्रदेशमा लगातार तीन दिन होली पर्व मनाइने छ ।

यसैबीच होली पर्वलाई सभ्य र शालीन ढंगले मनाउन प्रशासनिक निकाय र सामाजिक संघ संस्थाले आग्रह गरेका छन् । ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबरजस्ती रङ हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४