#©कवि देवराज कार्की
गोधोलि बाट घाम कतिखेर ओझेल हुन्छ र रात भित्रन्छ प्रतिक्षारत हुन्छन् मानव आकृति का कयौ आत्माहरु।
ए रात त कति निर्दयी छस् तेरो सहारामा कयौ अबोध नाबालिक छोरिहरु कुख्यात अपराधी द्वारा बलात्कृत हुन्छ र मारिन्छ्न् रातमै। ए रात तेरो कर्तुत बुझी नसक्नु छ अन्धकार मै आत्माहरु भौतारिन्छ्न् चलखेल गर्न कसलाइ पछार्ने हो भुइमा कस्लाइ पुर्याने हो उचाइमा तेरै गर्भमा हुन्छन् योजनाहरु।
ए अन्धकार रात तेरो महिमा भनौ कि कर्तुत कहिले तलाइ तस्कर प्रयोग गर्छन् कुनै बेला तलाइ नेताले बोकेर हिड्छन् मौसाम राम्रो बनेको बेला नया जोडिले तलाइ कहिले रंगिन रात बनाउछ्न्।
डाकु तलाइ डकैती गर्न चोर तलाइ चोरी गर्न तस्कर तलाइ तस्करी गर्न बलात्कारी तलाइ उपयोग गर्न भ्रष्टाचारी तलाइ मोलमोलाइ गर्न नेता तलाइ यी सबै संग मिलेभगत गरेर खान तलाइ नै प्रयोग गर्छन् ।
ए रात तलाइ के भनौ दुष्ट भनौ कि महान त्यही भएर मान्छे कालोरात भन्छन् तलाइ म भन्छु त बहुरुपी रात।