Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सार्वजनिक खरिद नियमावली कार्यान्वयन गराउने महासंघका नवनिर्वाचित अध्यक्ष सिंहको प्रतिवद्धता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३० २०७८
  • 7.7K
    SHARES

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११ : संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाउनु भएको छ ।

सोमबार नवनिर्वाचित नयाँ कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रमा बोल्दै अध्यक्ष सिंहले यस्तो बताउनुभएको हो । उहाँले सरकारले केही दिन अगाडि मात्रै सार्वजनिक खरिद नियमावली ११ : संशोधन गरेकाले संशोधन नियमावली कार्यविधि बनाउने काम गर्ने बताउनुभयो ।

पछिल्लो समय निर्माण सामाग्रिको मूल्य अत्यधिक बढेकाले मूल्यवृद्धि नियन्त्रण गर्न मूल्यवृद्धि निर्देशिका जारी गर्ने अध्यक्ष सिंहले उल्लेख गर्नुभयो । अध्यक्ष सिंहले ११ औं अधिवेशनका प्रतिवद्धता पुरा गर्न बाँकी रहेकाले आगामी तीन वर्षमा सबै प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

अध्यक्ष सिंहले विकास निर्माणका सम्पूर्ण योजना कुनै एक निर्माण कम्पनीलाई दिने प्रचनल अन्त्य गर्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो पटक सरकारले श्रम सहकारी मार्फत जनतालाई रोजगारी दिने भनी स्थानीय तहका १ करोड सम्मका काम उपभोक्ता समितिबाट गर्ने कार्य खारेज गर्न सरकारसँग माग पनि गर्नु भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघरवि सिंह

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४