Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत्र ७ गतेभित्र भाडा बढाउन यातायात व्यवसायीको अल्टिमेटम, ८ गतेदेखि आफै भाडा बढाउने चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चैत्र ७ गतेभित्र सवारीको भाडा बढाउन सरकारलाई अल्टिमेटम दिएका छन् ।

महासंघले आइतबार पत्रकार सामेलन गरी सार्वजनिक सवारीमा उक्त अवधिभित्र वैैज्ञानिक भाडादर लागू गर्न माग गरेको हो । ९ महिनाभित्र ८ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भैसकेको तर भाडा समायोजन तर्फ भने सरकारले बेवास्ता गरेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आरोप लगाउनुभयो ।

राष्ट्रिय ट्रक व्यवसायी महासंघ, ट्याक्सी व्यवसायी संघ र यातायात मजदुर युनियनका प्रतिनिधिहरुले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको घोर भत्सर्ना गरेका छन् । ट्रक व्यवसायिकले ७ गते भित्र भाडा समायोजन नभएको खण्डमा आफ्ना सवारी ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । महासंघका महासचिव सरोज सिटौलाले ७ गते भित्र सरकारले भाडा समायोजन नगरे ८ गते देखि स्वघोषित भाडा वृद्धि गरेर सवारी चलाउने चेतावनी दिनुभयो ।

भाडा समायोजन बारेमा आफुहरुले पटक पटक मन्त्री र विभागलाई ध्यानाकर्षण गराइसकेको र अब प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४