Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालका कम्युनिस्ट पार्टी एउटै पेन्सिलका फरक–फरक टुक्रा : बाबुराम भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २८ २०७८
  • 5.9K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट पार्टी ‘एउटै पेन्सिलका फरक–फरक टुक्रा’ मात्रै रहेको टिप्पणी गर्नुभएको छ ।

जसपाको पहिलो संघीय परिषद् बैठकमा समसामयिक राजनीति र जसपाको कार्यदिशाका विषयमा प्रतिवदेन प्रस्तुत गर्दै भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।‘हाम्रो पार्टीको दृष्टिकोणमा नेकपाका घटकहरु आधारभूत रुपमा उस्तै हुन्’, भट्टराईको प्रतिवेदनमा भनिएको छ ।

नेपालमा दर्जनौं कम्युनिस्ट रहेको बताउँदै भट्टराईले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लाई ठूला कम्युनिस्ट समूह भएको बताउनुभएको छ ।

यस्तै साना कम्युनिस्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसद्मा प्रतिनिधित्व गर्ने प्रतिवेदनमा उल्लेख छ । संसद्मा नभएका नेकपाका अन्य घटकहरू वैद्य, विप्लव, आहुति, माले आदि अनेक समूहहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

यी सबै समूहको विचार र उत्पतिको आधार एउटै भएको भन्दै यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारा माओवादबाट प्रभावित भएको उल्लेख छ ।

यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेको भट्टराईले उल्लेख गर्नुभएको छ । सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् ‘संसदीय प्रणाली’ को बाटो समातेको माओवादी केन्द्र एमालेसँगको एकता, नेकपाको निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको भट्टराइको विश्लेषण छ ।

औपचारिक रूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलक विचारधारा माओवादी केन्द्रसँग बाँकी नरहेको उहाँको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४