Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना महामारी अन्त्यको घोषणा गर्न डब्लुएचओको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २८ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ।

डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र मृत्युदर पनि बढिरहेकाले यसको अन्त्यको घोषणा गर्न आवश्यक मापदण्डहरुबारे छलफल गरिरहेको जनाएको छ ।

डब्लुएचओका जनस्वास्थ्य विज्ञहरुले कोरोना संकटको अन्त्य कसरी र कहिले गर्ने भन्ने बारेमा छलफल थालेको जनाएका छन् । पछिल्लो समय हङकङलगायतका मुलुकमा नयाँ केस देखा पर्न थालेपछि डब्लुएचोको योजनामा चुनौती थपिएको अधिकारीहरुले जनाएका छन् ।

महामारी अन्त्यको घोषणा गरेपनि स्वास्थ्यका मापदण्डहरु भने सधैं पालना गर्नुपर्नेबारे भने अधिकारीहरु सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। कोरोना महामारी अन्त्यको घोषणा गरेपनि अझै वार्षिक हजारौं सर्वसाधारणको मृत्यु हुने सम्भावना रहेको डब्लुएचओको दावी छ। कोरोना भाइरस कायमै रहेका बेला यसका अन्य स्वरुपहरु पनि देखा पर्न सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको दर ओरालो लाग्दै गएपछि अधिकांश मुलुकले डब्लुएचओको निर्देशन नआएपनि विभिन्न प्रतिवन्धहरु फुकुवा गरेर दैनिकी सहज बनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४