Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी अभियानको रिपोर्टपछि तालमेलबारे निर्णय गर्छौं : प्रकाशमान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २७ २०७८
  • 7.5K
    SHARES

©नमुना दहाल कार्की 

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताएका छन् । काठमाडौंको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने उनले बताए ।

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको बताउँदै उनले भने, ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं अभियानबाट रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौं ।’ आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको पनि उनले बताए । ‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने ।

सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको बताउँदै उनले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको र सोही अनुसार आवश्यक निर्णय लिइने उनले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पर्सामा आयोजित एक कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्म सत्ता गठबन्धन मिलेर जानुपर्ने अभिव्यक्ति दिएका थिए ।

  • तीनै तहमा गठबन्धन गर्नुपर्छ, अनावश्यक रुपमा नचिढ्याउनुस् : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताएका हुन् । बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्न मिल्दैन ।

  • गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीयदेखि माथिल्लो चुनावमा तालमेल गर्न छलफल हुने उनले बताए ।

अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भन्दै देउवाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको जिकिर गरे । ‘संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, केही ठाउँमा समस्या होला, तर कुराकानी गरेर मिल्नुपर्छ । देउवाले अघि भने, ‘एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं । गठबन्धन गरेर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं ।’

प्रजातन्त्र र कांग्रेसका लागि पनि अहिलेको गठबधन जोगाउनुपर्ने भन्दै देउवाले साझेदार दलहरुको आलोचना नगर्न आग्रह गरे । उनले भने, ‘त्यसकारण हाम्रो बोली भाषाले गठनबन्धनका भाषाले अन–नेसेसरीली चिढ्याउने काम गर्नु हुँदैन ।’ सबै पार्टीको सहयोगले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास भएको र यसले नेपालको आर्थिक विकासमा ठूलो भूमिका निर्वाह गर्ने देउवाले बताए ।

‘एमसीसी अनुदानमा आएको पैसा हो । यसको सदुपयोग गर्न सक्यो भने भोलिका दिनमा अमेरिका लगायत अन्य देशबाट लिन सक्छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘देशको विकास छिटो हुन्छ, विकास भएको खण्डमा रोजगारी बढ्छ । रोजगारी बढेको खण्डमा राष्ट्र सम्पन्न भएर जान्छ । विशाल छिमेकी भारत र चीनसँग मित्रता छ, यो राष्ट्रिय आवश्यकता पनि हो । कांग्रेस सभापति समेत रहेका देउवाले भारत र चीनसँग राम्रो सम्बन्ध राखेर अन्य देशबाट नेपालको विकासका लागि सहयोग लिएर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४