Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बढ्ता भाग्यमानीले छोरी पाउँछ : केपी ओली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २४ २०७८
  • 5.5K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बढ्ता भाग्यमानीले मात्रै छोरी पाउने बताउनुभएको छ ।

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले छोरी पाउनेहरूले बुढेसकालमा सहारा दिने उल्लेख गर्दै छोरीलाई स्वतन्त्र चेतनाका साथ बाच्न पाउने, उचित शिक्षा, दिक्षा दिनेतर्फ अभिभावकले सोच्नुपर्ने बताउनुभयो ।

‘छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदिबहिनीहरूले पनि छोड्नुपर्छ, छोरा र छोरी उस्तै हुन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भाग्यमानीले छोरी पाउँछ र बुढेसकालमा स्याहारसुसार पाउँछ, छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन, तर बढ्ता भाग्यमानीले छोरी पाउँछ ।’

अध्यक्ष ओलीले छोरीहरूका लागि सबै तहका सरकारले नीति निर्माण गर्दा ध्यान दिनुपर्ने बताउनुभयो ।

‘छोरीलाई शिक्षादिक्षा दिने कुरा, छोरीको स्वास्थ्यमा ध्यान राख्ने कुरा, छोरीलाई हेला, होचो र दम्भीत भावनाकासाथ हुर्किन नपारोस्, उनीहरु आत्मविश्वासका साथ दम्भीत भावना होइन, स्वतन्त्र चेतनाका साथ विकास गर्न सकुन् भन्नेतर्फ सम्पूर्ण अभिभावकले आज ध्यान दिन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘ यस काममा सरकारले नीति निर्माण गर्दा, हरेक तहका सरकारले यी कुराहरुलाई अभियानको रुपमा अगाडि बढाउनुपर्छ ।’

ओलीले अबका दिनमा छोरीहरूले रोजगारीका अवसर छोडे भने छोराहरूले पाउने स्थिति बन्दै जाने अवस्था सिर्जना भइरहेको पनि बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘अब बिस्तारै रोजगारीका अवसर त छोरीहरूले रोजगारीका अवसर छोडे भने छोराहरूले पाउने स्थिति बन्दै जाँदैछ, किनभने छोरीहरू बढी पढाइमा ट्यालेन्ट हुन्छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४