Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अख्तियारमा चालु आर्थिक वर्षमा ८ हजार उजुरी, ४६ प्रतिशत उजुरी फछ्यौट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २३ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा ८ हजार ७० उजुरी परेको जनाएको छ ।

विभिन्न माध्यमबाट प्राप्त भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरी समेत गरी यो वर्ष कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या १६ हजार १ सय ६३ रहेको छ ।

यसमध्ये ४६ दशमलव ५३ प्रतिशत अर्थात ७ हजार ५ सय २० उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन् । उजुरीको संख्या हेर्दा सबैभन्दा बढी संङ्घीय मामिला अन्तर्गत स्थानीय तह समेतसँग सम्बन्धित ३३.४६ प्रतिशत उजुरी रहेका छन् ।

त्यसपछि उजुरीका चाङमा शिक्षा, भूमि प्रशासन, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, गृह प्रशासन अग्रपंक्तिमा छन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ अर्थमन्त्रालय, नक्कली शैक्षिक प्रमाणपत्र, गैरकानुनी सम्पत्ति आर्जनतर्फ उल्लेख्य उजुरी परेको आयोगले जनाएको छ ।

चालु आर्थिक वर्षको फागुन २३ सम्ममा आयोगले १७ वटा रंगेहात कारबाही गरेको छ । यसबीचमा ३९ बैठक बसेर ४ सय ७ निर्णय गरिएको आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४