Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीले स्थानीय चुनावअघि पदाधिकारी चयन नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २३ २०७८
  • 4.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तहको चुनाव अगाडि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो चयन नगर्ने भएको छ ।

२० फागुनमा सुरु भएको बैठकमा पदाधिकारी चयनको विषयलाई प्रमुख एजेण्डाका रुपमा राखिएको थियो । तर, पदाधिकारीमा आकांक्षीहरु धेरै हुँदा सहमति जुट्न सकेन । गत पुसमा भएको महाधिवेशनले पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेको थियो । त्यतिबेला केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि स्थानीय तहको चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन नहुने भएको नेता वर्षमान पुनले जन प्रहारलाई बताए ।

अब आगामी निर्वाचनलगत्तै हामी पदाधिकारी र अन्य निकायहरुको चयनहरु गर्छौं’ उनले भने । पदाधिकारी चयन गर्नका लागि समयको अभाव भएको पुनको भनाइ छ । ‘विधान अनुसार पदाधिकारी चुन्न पाएको भए राम्रो हुन्थ्यो । तर, हामीसंग समयको अभाव भयो’ उनले भने ।

पार्टीको आधिकारिक निर्णयका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने गरी एउटा टिम बनाउने गृहकार्य भएको र त्यो टिममा रहने सदस्यहरु चयन गर्ने अधिकार स्वयं अध्यक्षलाई दिने तयारी भएको नेता पुनले जन प्रहारलाई बताए ।

  • अर्को केन्द्रीय कमिटी बैठक जेठ २० गते

नेता पुनले अर्को केन्द्रीय कमिटी बैठक आगामी जेठ २० गते बस्ने निर्णय भएको पनि जानकारी दिए । उक्त बैठकमा एमसीसी सम्झौतालाई लिएर आएको फरक मतबारे छलफल गर्ने पनि निर्णय भएको उनले बताएका छन् । यसैगरी, महाधिवेशनले २९९ सदस्य चुन्नुपर्नेमा त्यो अपूर्ण रहेकाले पूर्ण बनाउने गृहकार्य जारी रहेको उनले जन प्रहारलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४