Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले संसद अवरोध गरिरह्यो भने मंसिर अगाडि नै संसदीय चुनाव : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 7.1K
    SHARES

काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् ।  एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ । शनिबार काठमाडौंमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले स्थानीय तहको निर्वाचन भने बैशाख ३० गते नै हुने उल्लेख गरे । 

महामन्त्री थापाले बैशाखमा स्थानीय तहको चुनावपछि आम चुनाव गराउने बताए । उनले भने– ‘आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा पहिला हुन्छ मलाई थाहा छैन् । संसद यसैगरी चल्दै गयो भने, संसद यसरी नै चल्न नदिने अवस्था रह्यो भने, संसदको उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने । हामीले छलफल गर्न आउनुस भनिरहेका छौँ, उहाँहरु आउनुभएन भने त्योबेला संसद किन चलाइरहने भन्ने प्रश्न उठ्नसक्छ । त्यो अवस्थामा अगाडि नै चुनाव हुनपनि सक्छ तर स्थानीय तहको चुनाव बैशाख ३० मै हुन्छ । चुनाव हामी गराउँछौँ र ५ सानदारसँग सरकार चलाएर देखाउँछौं ।

उनले बैशाख ३० गते निर्वाचन गराउनै पर्ने, ऐन कानुनले चुनाव नगर्न एकदिन पनि छुट नदिएको बताए । बैशाख ३० गते काँग्रेसले निर्वाचन गराएरै छाड्ने उनको दावी छ ।  २०७४ सालपछि काँग्रेसले चुनाव हारेपनि नेकपाको सरकार बनेको र ५ वर्ष नेपाली नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदापनि बाध्यताले सरकारमा रहेको बताए । उनले प्रतिपक्षमा बसेर भूमिका खेल्छौँ भनेपनि अहिले काँग्रेस सरकारमा रहेको बताए । 

उनले भने– ‘२०७९ सालमा कम्युनिष्ट पार्टीले नै निर्वाचन गर्नुपथ्र्यो । उनीहरुले आफ्नो घरमा आफैंले आगो लगाए । आगो लगाएर एकथरी देखाइदिन्छौं भन्दै खरानी धसेर निस्किए, अर्कोथरी मैले जिते भनेर खरानीको थुप्रोमै अट्टाहास गर्दै हासेर बसे । फेरि सरकारको जिम्मेवारी काँग्रेसकै काँधमा आयो । अरुलाई उचालिदिए पुग्छ, भत्काइदिए पुग्छ, हामीले सम्हानुपर्छ, बचाउनुपर्छ ।

कम्युनिष्ट पार्टीका कारण जनताले स्थिर सरकार नपाएको उनले बताए । उनले महाधिवेशनछि पार्टीलाई विधिसंगत रुपमा अगाडि बढाइरहेको बताए ।  उनले भने– ‘पार्टीको अधिवेशनपछि हामीले पार्टीलाई शतप्रतिशत विधिसंगत तरिकाले चलाउने प्रयास गरिरहेका छौँ । पार्टीभित्र शतप्रतिशत एकता कायम गर्ने कोशिष गरिरहेका छौँ । पार्टीको अधिवेशनमा सामान्य प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धापछि पार्टी सञ्चालनको कुरालाई बिधिले डोर्याउनुपर्दछ भन्ने कुरामा एक ठाउँमा उभिएका छौँ । पार्टी सभापतिको हातलाई बलियो बनाउनुपर्छ । पार्टी सभापति संस्थाको प्रमुख भएकोले पार्टीलाई डोर्याउनुपर्छ । पार्टीभित्रको भागवण्डाको जुन काम हिजोदेखि चल्दै आयो त्यो बन्द गर्नुपर्छ भनेर एक ठाँउमा उभिएका छौँ ।

उनले पार्टीको भातृसंस्था र शुभेच्छुकहरुको संगठनलाई क्रियाशील पनि बनाउने, एकरुपता ल्याउने, भातृ संगठनहरुलाई पनि अलि स्वतन्त्र ढंगले, स्वायत्त ढंगले सञ्चालन हुने वातावरण बनाउने, शुभेच्छुक संस्थाको सन्र्दभमा त पार्टीको सम्बन्धलाई एकदम पवित्र राख्नुपर्छ भन्ने कोणबाट अगाडि बढिरहेको बताए ।  उनले निजामती युनियनमा काँग्रेसको तर्फबाट कोही गुटबन्दी गर्न आउँछ भने त्यसलाई ढोका बन्द गरिदिन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४