Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेका अध्यक्ष ओली आज झापा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 8.5K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) झापा जाँदै हुनुहुन्छ ।

पञ्चायती शासकबाट हत्या गरिएका उहाँका आफ्ना सहयोद्धा सहकर्मीहरुकाे स्मृतिमा श्रद्धान्जली अर्पण गर्न उहाँ शनिबार झापाको सुखानी जाने कार्यक्रम भएको एमाले नेता शेरबहादुर तामाङले जन प्रहारलाई  जानकारी दिनुभयो ।

वि.स.२०२८ मा सुरु भएको झापाली कम्युनिष्ट क्रान्तिका क्रममा पंचायती पंचायती शासकबाट नेत्र घिमिरे, रामनाथ दाहाल,नारायण श्रेष्ठ वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गतेका दिन ईलाम र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा हत्या गरिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली,सीपी मैनालीसँगै उनीहरु पनि झापा क्रान्तिमा समावेश भएकाथिए । सोही समयमा अध्यक्ष केपी ओलीलाई रौतहटबाट पक्राउ गरेर गोलघरमा १४ वर्ष जेलमा राखिएको थियो ।

सुखानीमा जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले प्रत्येक वर्ष सुखानी दिवस मनाउँदै आएको छ । सुखानीमा एमालेले ५ शहीदको शालिक स्थापना गरेर पार्कसमेत बनाएको सचिव शेरबहादुर तामाङले जन प्रहारलाई बताउनुभयाे।

केपी शर्मा ओली सरकारमा हुँदा २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा समेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४