Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जब मोबाइल र घडीका लागि प्रहरी नै लुटेरा बने…


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २० २०७८
  • 4.6K
    SHARES

‘पैसा मात्र लगेको भए, सञ्चालक चुपचाप नै बस्ने थिए होलान्, तर महँगो मोबाइल पनि लगेपछि उनले प्रहरीकहाँ खबर गरे’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘महानगरीय प्रहरी वृत्त, जनसेवामा उजुरी परेपछि अनुसन्धान थालेका थियौं ।


काठमाडौं । गत बिहीबार साँझ साढे ७ बजे नयाँ बजारस्थित समृद्ध फार्मेसीमा एक हुल मानिसहरु प्रवेश गरेर खनतलासी गर्न खोजे । एक जनाले प्रहरीको परिचय पत्र पनि देखाएपछि सञ्चालक राजेन्द्र साँकी चुपचाप बसे । ‘तपाईंको पसलमा प्रतिबन्धित औषधिको विक्री वितरण हुँदो रहेछ भन्ने सूचना आएको छ’ भन्दै प्रहरी जवान सुवास रतोकी अघि बढे । उनीहरुले पसलमा लागूऔषधका रुपमा प्रयोग हुने केही औषधि पनि पसलबाट निकाले ।

रतोकीसँगै थिए, पूर्वप्रहरी जवान देवीप्रसाद धिताल । जागिरमा रहँदा लागूऔषध सेवन गरेको भेटिएपछि ३ माघ २०७७ मा उनी निलम्बनमा परेका थिए, पछि बर्खास्त नै भए । तर उनले पनि आफूलाई प्रहरीकै रुपमा चिनाएका थिए । प्रहरी बताएर फार्मेसीमा खनतलासी लिनेमा लुटपाट, लागूऔषध सेवन र विक्री वितरणमा संलग्न थप ६ जना पनि थिए । ‘प्रहरी आएको भनेपछि सञ्चालक आत्तिए, उनले बच्न जति पनि रकम दिने नै भए’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसपछि फार्मेसीको गल्लामा भएको सबै रकमसहित मोबाइल र घडी पनि लिएर गएछन् ।

अधिकृतहरुका अनुसार सञ्चालकको ‘स्याम्सुङ एस २०’ मोबाइल पनि लगेपछि चाहिँ उनलाई खनतलासी लिने टोलीमाथि शंका लागेछ । प्रहरी बताउने व्यक्तिले उनको घडी पनि बाँकी राखेका थिएनन् । उनको ग्लोबल आईएमई बैंकको खाताबाट ई–सेवामा १० हजार रुपैयाँ हाल्न लगाएका थिए । कुमारी बैंकको खाताबाट पनि १७ सय रुपैयाँ निकाल्न लगाए भने स्टार सेभिड एण्ड क्रेडिट लिमिटेडको खातामा रहेको ३५ सय रुपैयाँ पनि गरी ६५ हजार रुपैयाँ लगेको प्रहरीले जनाएको छ ।

‘पैसा मात्र लगेको भए, सञ्चालक चुपचाप नै बस्ने थिए होलान्, तर महँगो मोबाइल पनि लगेपछि उनले प्रहरीकहाँ खबर गरे’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘महानगरीय प्रहरी वृत्त, जनसेवामा उजुरी परेपछि अनुसन्धान थालेका थियौं ।’

सुराकी पनि लुटेरा

जनसेवामा रहेको अपराध महाशाखाको टोली अनुसन्धान गरिरहेका थियो । तर घटनामा प्रहरी अधिकारीहरुकै संलग्ना देखिएपछि महाशाखा बानेश्वरको टोलीले पनि छानबिन अघि बढायो । त्यसक्रममा घटनामा दुई जना प्रहरीसँग जोडिएका व्यक्ति मात्र पक्राउ परेनन्, प्रहरीलाई सुराकीका रुपमा सघाउँदै आएका शंकर रेग्मी पनि पक्राउ परे ।

धादिङको धुनेवेसी नगरपालिका-३ का रेग्मी बसपार्कतिर बस्दै आएका थिए । त्यहीको स्थानीय प्रहरीलाई विभिन्न अपराधको सुराक पनि दिने गरेका थिए । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘प्रहरी भएपछि जवान सुवास र पूर्वप्रहरी धितालबीच चिनजान भयो, उनीहरुबाटै रेग्मी पनि समूहमा जोडिए ।’

धितालले लागूऔषध सेवन पनि गर्ने भएकाले सेवनकर्ताहरुलाई प्रयोग गरेर लुटपाट मच्चाएको पाइएको अधिकृतहरु बताउँछन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनीहरुले यसअघि पनि यही शैलीबाट फोर्मेसीमा लुटपाट मच्चाएको हुनसक्ने देखिएको छ । तर, फर्मेसी पनि अवैध काममा संलग्न भएकाले उजुरी नपरेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ ।

८ जना पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार घटनामा संलग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । पक्राउ पर्ने व्यक्तिहरुको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको उनले जन प्रहार डटकमलाई बताए ।

प्रहरी, पूर्वप्रहरी र सुराकीसहित पक्राउ पर्ने अन्यमा डडेल्धुराका हिक्मत महता, कञ्चनपुरका मिलन बोहोरा, पाँचथरका लिम्बु भन्ने भविन्द्र बेगा, दैलेखका जीवन भन्ने योगेन्द्रबहादुर चन्द र प्यूठानका भिटेन, संगीत थापा भनिने कमल सुनार छन् ।उनीहरुविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको कुँवरले बताए । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लुटेर समूहबीच पनि विवाद रहेको देखिएको छ ।

‘८ जनामध्ये प्रहरी जवान रतोकीले एक लाखको मोबाइल लगेछन्, पूर्वप्रहरीले घडी लगेका रहेछन्’ ती अधिकृतले भने, ‘कसैले १६ हजार त कसैले १५ सय लिएको पाइएको छ ।’ प्रहरीका सुराकी रेग्मीलाई २५ सय रुपैयाँ दिने भनिएपनि उनले पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४