Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मानवअधिकारको कालो धब्बा बोकेका देशहरू रुसको पक्षमा उभिए : पूर्वअध्यक्ष कुईंकेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २० २०७८
  • 3.1K
    SHARES

काठमाडौं । एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष राजन कुईंकेलले मानव अधिकारको कालो धब्बा बोकेका देशहरू रुसको पक्षमा उभिएको बताउनुभएको छ ।

युक्रेनमाथि रुसले गरिरहेको बर्बर आक्रमण रोक्न काठमाडौंस्थित रुसी दूतावास अगाडि भएको प्रदर्शनमा पूर्वअध्यक्ष कुईंकेलले आफूहरू शान्तिको पक्षमा रहेको भन्दै संयुक्त राष्ट्रसंघको महासभामा मानवअधिकारको कालो धब्बा लागेका देशहरू रुसको पक्षमा उभिएको बताउनुभयो ।‘संयुक्त राष्ट्रसंघको महासभामा कस्ता–कस्ता मुलुकहरू युक्रेन र रुसको पक्षमा उभिए,’ उहाँले भन्नुभयो, ‘वर्षौंदेखि मानिसहरू मारिरहेको र मानवअधिकारको कालो धब्बा लागेका सिरियाजस्ता मुलुकहरू रुसको पक्षमा उभिएका छन् ।’

नेपालसहितका १ सय ४९ मुलुकहरू शान्तिको पक्षधरता जनाउन उभिएको स्मरण गर्दै पूर्वअध्यक्ष कुईंकेलले आफूहरू शान्ति र माधवअधिकारको पक्षमा रहेर विश्वभरका युद्धको भर्त्सना गर्ने बताउनुभयो ।

ठूला मुलुकले साना मुलुकलाई चेप्ने र हेप्ने प्रवृत्तिको पनि आफूहरूले भर्त्सना गरिरहने भन्दै उहाँले रुससँग तत्काल युक्रेनमाथिको सैन्य आक्रमण बन्द गर्न माग गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४