Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेविसंघमा जम्बो तदर्थ समिति बनाउँदै कांग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १९ २०७८
  • 4.1K
    SHARES

कार्यकाल एक वर्षभन्दा बढी हुने भएकाले तदर्थ समितिका आकांक्षी धेरै छन् । तदर्थ समितिमा अटाउन विद्यार्थी नेताहरु पार्टी नेताको घरदेखि पार्टी कार्यालय धाउन थालेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा जम्बो तदर्थ समिति बनाउने तयारी गरेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको तीन तहका निर्वाचनलाई मध्यनजर गरी सबै पक्षलाई ‘चित्त बुझाउन’ ठूलो आकारको कार्यसमिति बनाउन लागिएको हो ।

विधानतः नेविसंघको केन्द्रीय कार्यसमिति १२१ सदस्यीय हुनुपर्छ । तर तदर्थ समितिमा २५० जना भन्दा बढीलाई समेट्ने तयारी भइरहेको नेताहरु बताउँछन् । नेविसंघमा विवाद हुँदा निर्वाचनमा असर पर्ने भएकाले अधिकतम विद्यार्थी नेतालाई समेट्ने पक्षमा कांग्रेस छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि केन्द्रीय कार्यसमितिमा आउन योग्यता पुगेका र विगतमा अवसर नपाएका सबैलाई समेट्ने प्रयत्न हुने बताउँछन् । कार्यसमिति ठूलो बनाए पनि कार्यसम्पादनका लागि खटिने टोली सानो हुने उनी बताउँछन् ।

कार्यकाल एक वर्ष भन्दा बढी हुने भएकाले तदर्थ समितिका आकांक्षी धेरै छन् । तदर्थ समितिमा अटाउन विद्यार्थी नेताहरु पार्टी नेताको घरदेखि पार्टी कार्यालय धाउन थालेका छन् ।

नेताहरुका अनुसार तदर्थ समिति बनाउँदा ३२ वर्षको उमेर हद कायम गर्ने कि नगर्ने भन्नेबारे पार्टीमा मतैक्यता हुनसकेको छैन । उमेर हद कायम गर्दा पनि पूर्वअध्यक्ष नैनसिंह महरले राजीनामा दिएको समयलाई मापदण्ड बनाउने कि हाललाई भन्नेमा विवाद छ ।

पटकपटक तोकिएको महाधिवेशन गराउन नसकेपछि महरले २०७५ माघमा राजीनामा दिएका थिए । २०७६ माघमा राजीव ढुंगाना अध्यक्ष मनोनित भए । ढुंगाना पनि मंसिरमा भएको १४औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य भइसके ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने नेविसंघको विधानमा ३२ वर्षे उमेर हद १२औं महाधिवेशन पश्चात लागु हुने भनिएकाले तदर्थ समितिमा सबैलाई समेट्ने बताउँछन् । भन्छन्, ‘सभापतिले ३२ माथि र मुनि सबैलाई समेटेर तदर्थ समिति गठन गर्नुहुन्छ ।

३ फागुनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाले नेविसंघसहितका नौ वटा  भ्रातृ संगठनको तदर्थ समिति आवश्यक परामर्श गरी फागुन मसान्तभित्र गठन गर्ने निर्णय गरेको थियो ।

नयाँ गठन भ्रातृ संस्थाको पदावधि सबै तहका निर्वाचनको परिणाम आएको तीन महिनासम्म रहन्छ । ‘स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने तथा तोकिएको सो अवधिमा महाधिवेशन सम्पन्न गर्न नसक्ने कार्यसमिति स्वतः विघटन हुने निर्णय यो बैठक गर्दछ’ पार्टीले गरेको निर्णयमा भनिएको छ ।

कोको छन् आकांक्षी ?

स्थानीय तहको निर्वाचन ३० वैशाखलाई तोकिएको छ भने संघ र प्रदेशको निर्वाचन आगामी मंसिरमा हुनसक्छ । त्यसो भएमा नेविसंघले अर्को फागुनसम्म महाधिवेशन गर्नुपर्छ ।

कार्यकाल एक वर्ष भन्दा बढी हुने भएकाले तदर्थ समितिका आकांक्षी धेरै छन् । तदर्थ समितिमा अटाउन विद्यार्थी नेताहरु पार्टी नेताको घरदेखि पार्टी कार्यालय धाउन थालेका छन् ।

नेविसंघको अध्यक्षमा प्रेमराज जोशी, डोजाङ शेर्पा, मेघा शाही, प्रेम शाही लगायतको दाबी छ । जोशी प्रवक्ता महत निकट हुन् भने शेर्पा आरजु राणा निकट । ३२ वर्षे उमेर हदमा महरले राजीनामा दिंदाको समयलाई मान्यता दिंदा जोशी र हालको समयलाई मान्दा शेर्पा नेविसंघको सभापति बन्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

नेता डा. शेखर कोइराला पक्षबाट शिव रिमाल र निरञ्जन थापा अध्यक्षका आकांक्षी हुन् । थापालाई नेता अर्जुननरसिंह केसीको पनि साथ छ । पूर्व महामन्त्री डा. शशांक कोइराला निकट सागर परियार पनि अध्यक्षका आकांक्षी हुन् । विमलेन्द्र निधि र प्रकाशमान सिंह निकट रहेर नेविसंघको नेतृत्वको दाबी गर्ने कोही खुलिसकेका छैनन् । कृष्णप्रसाद सिटौला पक्षबाट सुशील भट्ट दावेदार छन् ।

तर अध्यक्ष संस्थापन पक्षबाट हुँदा अरु आकांक्षीलाई पदाधिकारी बनाउने सम्भावना रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४